थकाली सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको भेटघाट कार्यक्रम सफलताको साथ सम्पन्न

26 September 2013

कोरियाली महान पर्व छुसकको अबसरमा थकाली सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको थसेस भेटघाट कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ । नेपालबाट कोरिया आई बिभिन्न पेशा र ब्यबसायमा रहेका थकाली बन्धूहरुलाई जमघट गराई थसेस कोरियाले गत सेप्टेम्बर २० तारिख सांझ भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।
राजधानी सउलको यङदम्फो स्थित माउण्ट एभरेष्ट रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा थसेस कोरियाका अध्यक्ष क्षेत्र थकालीको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ कोरियाका कार्य बाहक अध्यक्ष तथा थसेस सल्लाहकार भक्त सेरचनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमका बिशेष अतिथिहरुमा थसेस सल्लाहकार कुल प्रसाद जुहार्चन र अर्का सल्लाहकार दिनेश हिराचन रहेका थिए । सम्पन्न कार्यक्रमको पहिलो चरणमा नव प्रवेषी थकाली बन्धूहरुको स्वागत तथा एकापसमा परिचय गराईएको थियो । सोहि क्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल आदिवासी जनजाति महासंघ कोरियाका कार्य बाहक अध्यक्ष तथा थसेस सल्लाहकार भक्त सेरचनले कोरियामा थकाली बन्धूहरुको संख्या न्युन रहेता पनि आकस्मिक आई पर्ने समस्याहरुको समाधानलाई सरल बनाउन यस संस्थालाई अझ बलियो बनाउनु पर्ने बिचार ब्यक्त गरे । त्यस्तै सल्लाहकार दिनेश हिराचनले संस्थाको महत्वलाई बुझ्दै सबै जना दत्तचित्त भएर लागि परेमा समाजलाई अगाडी बढाउन सजिलो हुने बताए । पहिलो चरणको कार्यक्रमलाई बिसर्जन गर्दै समाजका अध्यक्ष क्षेत्र थकालीले सदस्यता बितरण कार्य सुचारु रहेकोले आगामी दिनमा समाजको सदस्यता नलिने कुनै पनि थकाली बन्धूहरुलाई समाजको तर्फबाट गरिने सहयोगहरु कटौटी गर्न बाध्य भईने जानाकारी दिए । कार्यक्रमको दोश्रो चरणमा गरिएको खानपिन सहितको भलाकुशारी पश्चात पुनः भेट हुने वाचा गर्दै राती अबेर सम्पूर्ण कार्यक्रमको अन्त भएको थियो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP