थसेस कोरियाले श्रम सहचारी अनिल गुरुङ र सल्लाहकार कुल प्रसाद ज्वारचनको भब्य बिदाई गर्यो
02 January 2016
कोरियामा रहेका थकालीहरुको साझा संस्था थकाली
सेवा समाज दक्षिण कोरियाले बिशेष कार्यक्रम मार्फत श्रम सहचारी अनिल गुरुङ र
सल्लाहकार कुल प्रसाद ज्वारचनको भब्य बिदाई गरेको छ । डिसेम्बर ३१ तारिख सांझ नयां
बर्ष २०१६ को सुखद उपलक्ष्यमा आयोजना
गरेको शुभकामना आदान प्रदान कार्यक्रम मार्फत बिशेष ब्यक्तित्वहरुको बिदाई गरिएको
हो । संस्थाका हरेक कृयाकलापहरुमा मन,वचन र कर्मले सहयोग पुर्याउंदै आउनु भएका
थसेस कोरियाका सल्लाहकार कुल प्रसाद ज्वारचन कोरियाको लामो बसाई पछि जनवरी ११
तारिख र कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङ आफ्नो चार बर्षे
कार्यकाल पूरा गरि जनवरी १५ तारिख स्वदेश फर्कदै हुनुहुन्छ । मिलनसार,
कर्तव्यनिष्ठ र सच्चा राष्ट्र सेवकको रुपमा कहलिनु भएका श्रम सहचारी अनिल
गुरुङ कोरियाली भूमिमा रहेका अधिकांश
नेपालीहरुको मन मस्तिष्कमा रहंदै यहां स्थित नेपाली समूदायहरु माझ बढ्दो लोक
प्रियता हांशिल गरि रहनु भएको सफल ब्यक्तित्व हुनुहुन्छ । राजधानी सउलको तोङदेमुन
स्थित पूजा २ रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा स्वदेश फर्कन लाग्नु भएका उहांहरुलाई
संस्थाको तर्फबाट सम्मान पत्र, खाडा र फूलको गुच्छाले सम्मान गर्दै बिदाई गरियो । कार्यक्रममा
उपस्थित सम्पूर्ण थकाली बन्धूहरु तथा शुभेच्छुकहरुबाट समेत बिशेष ब्यक्तित्वहरुको एक
साथ खाडा ओद्याएर बिशेष सम्मानका साथ बिदाई गरियो ।