थकाली जातिको महान पर्व तोरन्ल्हको उपलक्ष्यमा आयोजित दिवा भोज कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । राजधानी सउलको पूजा २ रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा थसेस अध्यक्ष भक्त सेरचनले पानशमा बट्टी बालि उदघाटन गर्नु भए पश्चात बरिष्ठ सल्लाहकार कुल प्रसाद जुहारचन र अध्यक्ष भक्त सेरचनले संयुक्त रुपमा खिमी झोजि (पितृ पूजा) गर्नु भएको थियो ।कार्यक्रममा थसेस अध्यक्ष भक्त सेरचनले उपस्थित सम्पूर्ण थकाली बन्धूहरुलाई महान पर्व तोरन्ल्ह २०१२ को सुखद उपलक्ष्यमा शुभकामना प्रदान गर्दै तोरन्ल्हको बारेमा प्रकाश पार्नु भएको थियो । यस पालिको तोरन्ल्ह कार्यक्रममा उपस्थित करिव ४० जना थकाली बन्धूहरुले एकापसमा सुख दुख साटासाट गर्दै राती अबेर सम्म खानपिन र नाचगान गरि मनाए । थप फोटोहरु....
12 March 2012
08 March 2012
फोटो स्लाईड साईटले आज देखि सेवा बन्द गर्यो
थसेस कोरिया तथा म्याग्दी समाज कोरिया ब्लगमा निशुल्क राखिदै आएको फोटो स्लाईड मार्च १२ तारिख देखि सेवा बन्द भएको छ । निशुल्क फोटो स्लाईड साईट http://www.slide.com/ ले करिव तीन महिना देखि मार्च १२ तारिख सम्म मात्र सेवा उपलब्ध गराउने भएकोले सम्न्धित फोटोहरु अन्यत्र सार्न सुचना दिई रहेको थियो । ब्लगमा रहेका सबै तस्बीरहरुलाई अन्यत्र सुरक्षित राखिएकोले हाललाई अर्को निशुल्क साईटको खोजि भई रहेकोले पुन राखिने जानाकारी गराउंदछौं
संचालक:
थसेस द.कोरिया
06 March 2012
थसेस कोरियाको तोरन्ल्ह कार्यक्रमको तयारी लगभग पूरा हुंदै
थकाली सेवा समिति दक्षिण कोरियाले थकाली जातिको महान पर्व तोरन्ल्ह कोरयामा रहेका थकाली बन्धूहरुको बिशेष जमघटमा भब्यताको साथ मनाउन गईरहेको छ । राजधानी सउल स्थित पूजा रेष्टुरेण्टमा मनाउन लागिएको तोरन्ल्ह कार्यक्रमको सम्पूर्ण तयारीहरु लगभग पूरा भएको छ । थसेस कोरियाले यस पालिको तोरन्लह पर्वमा ११ तारिख आईतबार बिशेष पूजाआजा गरि मिष्ठान्न परिकारहरुका साथ नाचगान र रमाईलो गरि मनाउनको लागि भब्य तयारी गरि रहेको जानाकारी थसेस अध्यक्ष भक्त सेरचनले दिनु भएको छ ।
संचालक:
थसेस द.कोरिया
थसेस म्याग्दीले थकाली जातिको महान पर्व तोरन्ल्ह (फागूपुर्णीमा )भब्य रुपमा मनायो
थकालीहरुको महान चाड तोरन्ल्ह (फागूपुर्णीमा ) को अवसरमा थकाली सेवा समिति म्याग्दीले ताराखेल खेलेर मनाएका छन् । तीन दिन सम्म मनाईने पवको अवसरमा समितिले पहिलो दिन शुभकामना आदान प्रदान तथा ताराखेल आयोजना गरि मनाएका हुन । समाजले वुधवार र विहिवार विविध कार्यक्रम गरि पर्वलाई भव्य रुपमा मनाउने जनाएको छ । पर्वको अवसरमा मंगलबार एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि समाजले पर्व मनाएका हुन् ।थकाली सेवा समिति म्याग्दीका अध्यक्ष जगतनारायण गौचनको अध्यक्षता तथा बयोवृद्ध गर्बनारायण भट्टचनको प्रमुख आतित्यथामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ज्ञवाली, थकाली सेवा समितिका केन्द्रीय सदस्य गोपाल भट्टचन लगायतले मन्तव्य राख्ुनुभएको थियो । कार्यक्रममा बक्ताहरुले देशमा थकालीहरुको महान पर्व फागुपुर्णीमालाई सभ्य र भव्य तथा मर्यादित तरीकाले मनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समितिका उपाध्यक्ष विमला गौचनले स्वागत र सञ्चालन महासचिब सुन्दरमान शेरचनले गर्नुभएको थियो
संचालक:
थसेस द.कोरिया
24 February 2012
थसेस कोरियाले थकाली जातिको महान पर्व तोरन्ल्ह भब्य रुपमा मनाउने
थकाली सेवा समिति दक्षिण कोरियाले यसपालिको तोरन्ल्ह पर्व कोरियामा रहेका थकाली बन्धूहरुको बृहत जमघटका साथ भब्य रुपमा मनाउने निर्णय गरेको छ । मार्च ११ तारिख आईतबारको दिन राजधानी सउलको दोङदेमुन शहर स्थित पूजा रेष्टुरेण्टमा भब्य रुपमा मनाउन लागिएको तोरन्ल्ह पर्व २०६८ मा उपस्थित हुन कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरुलाई हार्दिक अनुरोध गरिएको छ ।
स्थान-पूजा रेष्टुरेण्ट २
मिति-२०११ मार्च ११ आईतबार ।
समय-दिनको १२ बजे देखि
स्थान-पूजा रेष्टुरेण्ट २
मिति-२०११ मार्च ११ आईतबार ।
समय-दिनको १२ बजे देखि
संचालक:
थसेस द.कोरिया
Subscribe to:
Posts (Atom)
