थसेस कोरियाले श्रम सहचारी अनिल गुरुङ र सल्लाहकार कुल प्रसाद ज्वारचनको भब्य बिदाई गर्यो

02 January 2016



कोरियामा रहेका थकालीहरुको साझा संस्था थकाली सेवा समाज दक्षिण कोरियाले बिशेष कार्यक्रम मार्फत श्रम सहचारी अनिल गुरुङ र सल्लाहकार कुल प्रसाद ज्वारचनको भब्य बिदाई गरेको छ । डिसेम्बर ३१ तारिख सांझ नयां बर्ष  २०१६ को सुखद उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम मार्फत बिशेष ब्यक्तित्वहरुको बिदाई गरिएको हो । संस्थाका हरेक कृयाकलापहरुमा मन,वचन र कर्मले सहयोग पुर्याउंदै आउनु भएका थसेस कोरियाका सल्लाहकार कुल प्रसाद ज्वारचन कोरियाको लामो बसाई पछि जनवरी ११ तारिख र कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङ आफ्नो चार बर्षे कार्यकाल पूरा गरि जनवरी १५ तारिख स्वदेश फर्कदै हुनुहुन्छ । मिलनसार, कर्तव्यनिष्ठ र सच्चा राष्ट्र सेवकको रुपमा कहलिनु भएका श्रम सहचारी अनिल गुरुङ  कोरियाली भूमिमा रहेका अधिकांश नेपालीहरुको मन मस्तिष्कमा रहंदै यहां स्थित नेपाली समूदायहरु माझ बढ्दो लोक प्रियता हांशिल गरि रहनु भएको सफल ब्यक्तित्व हुनुहुन्छ । राजधानी सउलको तोङदेमुन स्थित पूजा २ रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा स्वदेश फर्कन लाग्नु भएका उहांहरुलाई संस्थाको तर्फबाट सम्मान पत्र, खाडा र फूलको गुच्छाले सम्मान गर्दै बिदाई गरियो । कार्यक्रममा उपस्थित सम्पूर्ण थकाली बन्धूहरु तथा शुभेच्छुकहरुबाट समेत बिशेष ब्यक्तित्वहरुको एक साथ खाडा ओद्याएर बिशेष सम्मानका साथ बिदाई गरियो ।

Read more...

कोरियामा थकालीहरुले तोरन्ल्ह पर्व भव्यताका साथ मनाए

15 March 2015





आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गरौँ "भन्ने नाराका साथ थकाली सेवा समाज (थसेस )कोरियाले मार्च २०१ आइतबारका दिन सउलमा थकालीहरुको महान चाड "तोरंल्ह पर्व " को अवसरमा आयोजना गरेको " दिवा भोज " कार्यक्रम सफलताका साथ सम्पन्न भएकोl राजधानी सउल स्थित पूजा २ रेष्टुरेण्टमा कार्यक्रमलाई तीन चरणमा बिभाजन गरिएको थियो । थाकाली सेवा समाज दक्षिण कोरियाका अध्यक्ष भरत तुलाचनको सभापतित्वमा सम्पन्न पहिलो चरणको कार्यक्रममा श्रम सहचारी अनिल गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।  थकाली सेवा समाज दक्षिण कोरियाका संरक्षक तथा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष भक्त सेरचन, बयोबृद्द समाजसेवी लाल प्रसाद हिराचन , थसेस सल्लाहकार कुल प्रसाद ज्वार्चन,थसेस सल्लाहकार दिनेश हिराचनको बिशेष आतिथ्य रहेको कार्यक्रमको पहिको चरणको उद्घाटन पश्चात पितृ पूजा गरिएको थियो । कार्यक्रमको दोश्रो चरणमा मनोरन्जनात्मक धनुषबांण खेल खेलाईएको थियो । धनुषबांण खेलमा पुरुष तर्फ दिल सेरचनले प्रथम स्थान र नबिन सेरचनले दोश्रो स्थान हांशिल गरे । महिला तर्फ किम छो ही (हिराचन) प्रथम र सगुन भट्टचन दोश्रो स्थान हांशिल गरे । पारिवारिक भाग्यशाली चिट्ठामा बिष्णु भट्टचनलाई प्रथम पुरस्कार र प्रकाश गुरुङलाई दोश्रो पुरस्कार प्राप्त भयो । करिव ५० जना थकाली बन्धूहरुको उपस्थिति रहेको दिवा भोज कार्यक्रममा उपाध्यक्ष लोकेन्द्र भट्टचनको स्वागत र सचिव सुदन ज्वार्चनको संचालन रहेको थियो भने ऊर्का उपाध्यक्ष जुना ज्वार्चन र सर्जुना हिराचनले अतिथि सत्कार गरेका थिए ।  कार्यक्रम सम्बन्धि थप फोटोहरु

Read more...

थसेस कोरिया द्दारा 17 औ एशियन खेलकूदमा सहभागि खेलाडीहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्

14 November 2014

17 औ ईन्छन एशियन खेलकूदमा सहभागि हुन कोरिया आई पुगेका आर्चरी र बास्केटबलका 6 जना खेलाडीहरुलाई थसेस कोरियाले एक स्वागत कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ. आईतबार राजधानी सउल स्थित पूजा 2 रेष्टरेण्टमा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रम मार्फत सम्मान हुने खेलाडीहरुमा असिम सेरचन (आर्चरी) प्रेम पुन (आर्चरी) प्रीती तुलाचन (बास्केटबल) अनुषा मल्ल (बास्केटबल) समिचिन बिष्ट (बास्केटबल) सा मिक्षा नेउपाने (बास्केटबल) रहेका छन. 

Read more...

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP