थकाली सेवा समाज दक्षिण कोरियाले बिशेष कार्यक्रमको साथ तोरन्ल्ह पर्व २०१४ मनाउने

22 February 2014

थकाली सेवा समाज दक्षिण कोरियाले आगामी मार्च १६ तारिख आईतबारको दिन थकाली जातिको महान पर्व तोरन्ल्ह २०१४ बिशेष कार्यक्रमहरुको साथ मनाउने भएको छ । कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरु र कोरिया स्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुको साथ मनाउन लागिएको कार्यक्रममा बिबिध थकाली परिकारहरुको अलावा थकाली जातिको संस्कार र संस्कृति झल्कने खालका बिबिध आईटम बिशेष प्रर्दशन गरिने छ । राजधानी सउलको तोङदेमुन स्थित पूजा २ रेष्टुरेण्टमा मनाउन लागिएको तोरन्ल्ह कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै कोरिया स्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधिज्युहरुलाई गरिमामय उपस्थितिको लागि यसै सुचना मार्फत हार्दिक निमन्त्रणा गरिन्छ ।
स्थानः पूजा २ रेष्टुरेण्ट तोङदेमुन
मितिः २०१४ मार्च १६ तारिख आईतबार ।
समयः दिनको ठीक १ बजे ।


Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP