थकाली सेवा समाज दक्षिण कोरिया द्वारा स्थानिय कलाकारहरु सम्मानित

21 April 2013

थकाली सेवा समाज दक्षिण कोरियाले गत मार्च ३१ तारिख आईतबारको दिन थकाली जातीको महान पर्व तोरन्ल्ह पर्वको सुखद उपलक्ष्यमा आफनो भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षण गरौं भन्ने नाराको साथ सउल स्थित सउल छुंगु छंसोन्यन् सुर्यन ग्वान हलमा आयोजना गरेको विविघ सांस्कृतिक कार्यक्रममा सहभागि स्थानिय कलाकारहरुको सम्मान गरेको छ । गत १४ तारिख आईतबारको दिन राजधानी सउल स्थित पूजा २ रेष्टुरेण्टमा बिशेष कार्यक्रमको साथ कलाकारहरुको सम्मान गरिएको हो । सम्मानित स्थानिय कलाकारहरुमा पप गायक अशोक थुलुङ, बिसौनी समूहका सिपी थापा मगर,सरु पौड्याल,हेम राज बिसी,दिलिप गुरुङ,मुना राज सुनुवार,टिका नेपाली,गंगा नेपाली, र नेपाल मगर संघ गणतन्त्र कोरियाको तर्फात नृत्यकारहरु क्रमश,शलिना पुन,जया आले,बिनोद थापा र सबिन गुरुङ रहनु भएको छ ।,त्यस्तै एकल नृत्यकारहरुमा, पूर्णिमा गुरुङ तथा स्वीटी तामाङ पनि सम्मानित हुनु भयो । थसेस अध्यक्ष क्षेत्र थकालीको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघका कावा अध्यक्ष तथा थसेस सल्लाहकार भक्त सेरचनको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई थसेस उपाध्यक्ष श्रीमती मोनिका थकालीले स्वागत गर्नु भएको थियो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP