
गत दुई हप्ता अगाडी कोरियाली भूमिमा असामायिक निधन हुन पुगेका स्वर्गिय ईन्द्र सेरचनको सम्झनामा आज आईतबार राजधानी सउल स्थित छाविय चीवमा १०८ बालियो । थकाली सेवा समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न कार्यक्रममा उपस्थित आफन्त,साथीभाई लगायतका पचासौं जना शुभ चिन्तकहरुले १०८ द्दिप प्रज्वलन गर्दै मृतात्माको चीर शान्तिको कामना गरे । आज आईतबार बिहान १० बजे देखि सम्पन्न द्दिप प्रज्वलन कार्यक्रममा कोरियामा रहेका करिव ३० जना थकाली बन्धूहरु लगायत कास्की परिवारका अध्यक्ष सहित कार्यकारिणी समितिका सदस्यहरुको उपस्थित हुनुको साथै हार्दिक श्रद्दान्जलि अर्पण गर्न स्वर्गिय ईन्द्र सेरचनका थुप्रै आत्मिय मित्रहरुको समेत उपस्थिति रहेको थियो ।