हिजो आईतबार राजधानी सउलमा थसेस आकष्मिक बैठक सम्पन्न

03 December 2012

थकाली सेवा समाज दक्षिण कोरियाको आकष्मिक बैठक हिजो आईतबार राजधानी सउलमा सम्पन्न भएको छ । गत सोमबारको दिन कास्की कांडे बजारका स्वर्गिय ईन्द्र सेरचन आनसान शहरमा असामायिक निधन भएको यस दुखद घडीमा  थसेस कोरियाले आईतबार आकष्मिक बैठक सम्पन्न  गराएको हो ।  कोरियामा कार्यरत थकाली बन्धूहरुको बृहत उपस्थितिमा सम्पन्न बैठकले आगामी हप्ताको आईतबार  बिहान १० बजे देखि छाविय चीवमा  १०८ बत्ती बाल्ने निर्णय गरेको छ । साथै स्वर्गिय ईन्द्र सेरचनका २ जना नावालक छोराहरुको  सहयोगार्थ  कोरियामा कार्यरत थकाली बन्धूहरुबाट प्रति ब्यक्ति न्युनतम पचास हजार ओन अनिवार्य रुपमा संकलन गर्ने निर्णय समेत गरेको छ । स्मरणिय रहोस, थसेस कोरियाको जोडडार पहल र कोरिया स्थित नेपाली दुतावासको सहयोगमा   स्वर्गिय ईन्द्र सेरचनको शव हिजो आईतबार नेपाल पुगि सकेको छ । आकष्मिक बैठकमा अनुपस्थित थकाली बन्धूहरुले यसै सुचनालाई आधार मानि आगामी ९ तारिख आईतबार बिहान १०८ बत्ती बाल्ने कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।
आर्थिक सहयोग संकलनको लागि-
A/C No.
3020415546291 (NHB) Nong Hyup Bank
Kamala Sherchan

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP