स्वर्गिय ईन्द्र सेरचनको पार्थिव शरिर भोलि शनिबार नेपाल पठाईने

30 November 2012

कोरियाली भूमिमा गत २६ तारिख सोमबारको दिन आसामायिक निधन हुन पुगेका ईन्द्र सेरचनको पार्थिव शरिरलाई भोलि शनिबार  नेपालको लागि फ्लाईट भई पर्सी आईतबार  मध्यान्ह १२:४५ मा काठमाडौ पुग्ने भएको छ । कोरिया स्थित नेपाली दुतावासको सहयोगमा  पार्थिव शरिरलाई आनसान शहरको  सिवा स्थित सेन्टर अस्पतालबाट आज दिउसो राजधानी सउल स्थित सुन छन ह्याङ युनिभर्सिटी अस्पतालको शव गृहमा ल्याईएको छ ।  
सुन छन ह्याङ युनिभर्सिटी अस्पताल पुग्न यसरी जान सकिन्छ -
१ नम्बर लाईनको हेगी श्टेशनबाट योङसान सम्म चल्ने ट्रेन प्रयोग गरेमा हिंदेर पनि पुग्न सकिन्छ । त्यसकारण तपाई हेगी वा योङसानबाट छुङआङ सन (गाढा हरियो लाईन) चढ्नु भयो भने हानाम श्टेशनमा झर्नुस त्यहा बाहिर निस्कने गेट एउटा मात्र छ -तपाई सिधा अगाडी करिव ६ मिनेट पैडल हिडेर उक्त अस्पताल पुग्न सक्नु हुने छ । यदि तपाई ६ नम्बर लाईनको ईटेवन श्टेशनको ३ नम्बर गेटबाट बाहिर निस्की योङसान जाने १ नम्बरको माउल बस चढेर अस्पताल अगाडी पुग्न सक्नु हुने  छ । त्यस पछि अस्पतालको शव गृह तर्फ जान सक्नु हुने छ ।













Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP