कम्पनीकै कारण स्वर्गिय ईन्द्र सेरचनको निधन भएको त होईन ?

27 November 2012

-आयो तप्प टिप्यो मिति पुग्यो तारेर  तर्दैन त्यो- सुन्दर भबिष्यको कल्पना संगै कोरियाली भूमिलाई आफनो कर्म थलो बनाउन पुगेका कास्की कांडे बजारका स्वर्गिय ईन्द्र सेरचनको हिजो सांझ भएको असामायिक निधनले कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरु लगायत उहां संग चिर परिचित साथी भाईहरुलाई पुन: एक पल्ट शोकाकूल बनाई दिएको छ । प्रवासीएको छोराको आशमा बसेका बुवा आमा,श्रीमती र लालाबालाहरुको त कुरै छोडौं पहाडै खसेको छ मानौं, अनायासै लागेको शुर्य ग्रहणले यो दुनियां नै नदेखिने गरि  अन्धकार बनाई दिएको छ । अस्ति भर्खर जुलाईमा  प्युथानका  ओम सेरचनले छनान शहरमा कम्पनी परिसरमै आत्म हत्या गरेर सबैलाई चकित पारे । तत्कालिन आत्महत्या प्रकरणले स्वयंको आत्मबल कमजोर भएको प्रमाण फेला परेकोले गहन खोजिनितिको बिषय बनेन ।  तर ठीक चार महिना पश्चात कोरियाली भूमिमा मृत्युलाई अंगाल्न पुगेका अर्का थकाली बन्धूको निधनमा भने गहन प्रश्नहरु तेर्सिएका छन ।   केहि महिना देखि उनकै शब्दमा -कम्पनीको कामले साह्रै टेन्शन बनाई रहेको छ-   जुन शब्द उनी आफ्ना साथी भाई र नातेदारहरुलाई बारम्बार सुनाउथे रे । कामै गरेर पैसा कमाउन आएका उनलाई कम्पनीको कामैले किन त्यसरी टेन्शन बनायो त ?  उनका सहकर्मी साथी तारा केसीले बताए  अनुसार उनी अन्य कम्पनी फेर्न चाहान्थे, तर मालिकले स्वीकृतिको लागि आनकान गरिरहेको  थियो । अझ  कम्पनी मालिक र म्यानेजर संग पर्ने बारम्बारको  ठाकठूक र कामको बोझले  गत केहि हप्ता देखि  सुत्दा निन्द्रै नलाग्ने बताईरहेका थिए रे । प्राय: जसो नाईट ड्युटी गर्नु पर्ने उक्त फलाम कम्पनीमा दुई जना नेपाली र पांचजना अन्य देशका गरि सात जना बिदेसी र दुई जना कोरियन कामदार रहेका थिए ।  त्यसकारण,  असामायिक मृत्युवरण गर्न  पुगेका ईन्द्र सेरचनको निधनलाई कम्पनीकै कारण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै  गहिरो अनुसन्धान गर्नु पर्ने देखिन्छ । 

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP