थसेस कोरियाले छुसकमा भाग्यशाली चिट्ठाको आयोजना गर्न पाउने अनुमति प्राप्त
08 July 2012
थकाली सेवा समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकमा भाग्यशाली चिट्ठाको आयोजना गर्ने पाउने अनुमति प्राप्त भएको छ । थसेस कोरियाको छैठौं साधारण सभाबाट गठित नव कार्य समितिको छुसकमा चिट्ठा कार्यक्रम गर्ने निर्णयानुसार आज ८ तारिख आईतबार कोरियाली भूमिमा कृयाशिल संघ संस्थाहरुको सामूहिक भेलाबाट सो निर्णय पारित गराईएको हो । नेपाल सम्पर्क समितिको आयोजनामा एम टि यु हलमा सम्पन्न छनोट कार्यक्रम मार्फत थकाली सेवा समाजले कोरियाली महान पर्व छुसकमा भाग्यशाली चिट्ठाको आयोजना गर्ने पाउने अनुमति प्राप्त भएको हो । नतिजा अनुसार थसेस कोरियाले छुसकको दोश्रो दिन बाग्लुङ सम्पर्क समितिको धवलागिरी सांस्कृतिक कार्यक्रम संग सहकार्य गर्दै भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक गर्ने छ । आजको सभामा १२ संस्ताको सांस्कृतिक कार्यक्रम गर्न पाउने दाबेदारी परेकोमा बाग्लुङ,बौद्द परिवार र भोजपूरले हात पार्यो भने चिट्ठा तर्फ पांच संस्थाको दाबेदारी परेको मा छनोट तीन संस्था मध्य थसेस कोरिया समेत परेको हो । संस्थाले बिगतमा गरेका समाज सेवी कार्य र चिट्ठा कार्यक्रम आयोजना गर्नुको उद्देश्य सहितको निबेदन र २००,००० वन दस्तुर दाखिला गर्दै छनोट कार्यक्रममा सहभागिता जनाएईको थियो । चिट्ठा कार्यक्रमलाई हात पार्न आजको कार्यक्रम स्थलमा थकाली सेवा समाजका अध्यक्ष क्षेत्र थकाली,महासचिव भरत तुलाचन र बरिष्ठ सल्लाहकार भक्त सेरचनको उपस्थिति रहेको थियो ।