थसेस कोरियाको आयोजनामा सम्पन्न तोरन्ल्ह कार्यक्रमको आय-ब्यय बिबरण सार्वजनिक
10 April 2012
थकाली जातिको महान् पर्व तोरन्ल्हको सम्पूर्ण उपलक्ष्यमा थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको दिवा भोज कार्यक्रमको आय-ब्यय बिबरण सार्वजनिक गरेको छ । राजधानी सउलको पूजा रेष्टुरेण्टमा आयोजित कार्यक्रममा बिशेष अतिथि सहितहरु सहित करिव ४० जनाको उपस्थिति रहेको थियो । दिवा भोज कार्यक्रमको कूल खर्च १८१५,००० (अठार लाख पन्ध्र हजार ओन) रहेकोमा उपस्थित थकाली बन्धूहरुबाट संकलन गरिएको १६०४,००० (सोह्र लाख चार हजार ओन) ले कूल खर्चमा नपुग हुन आई कोषको रकमबाट २११,००० (दुई लाख एघार हजार ओन) थप गरिएको जानाकारी कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई गराईन्छ ।