थसेस अध्यक्ष भक्त सेरचनलाई नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्षको पदभार

26 March 2012

थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष श्री भक्त सेरचनले हिजो मार्च २५ तारिख देखि नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको समेत  अध्यक्षको कार्यभार सम्हाल्नु भएको छ । महासंघको गत २०११ जुलाई ३ तारिख सम्पन्न दोश्रो साधारण सभाबाट सर्बसम्मत चयन हुनु भएका संस्थापक अध्यक्ष श्री चङ कुमार गुरुङ  कोरियाको लामो बसाई पश्चात केहि दिन भित्रै स्वदेश फर्कन लाग्नु भएकोले बरिष्ठ उपाध्यक्षको हैसियतले थसेस अध्यक्ष  श्री भक्त सेरचनले अध्यक्षको कार्यभार सम्हाल्नु भएको हो । २५ तारिख आईतबार महासंघको आयोजनामा सम्पन्न बिशेष अधिबेशनमा श्री चङ कुमार गुरुङ ले बरिष्ठ उपाध्यक्षको हैसियतमा थसेस अध्यक्ष  श्री भक्त सेरचनलाई अध्यक्षको कार्यभार सुम्पिनु  भएको थियो । रिक्त उपाध्यक्ष पदमा नेपाल मगर संघ कोरियाका पुर्व अध्यक्ष श्री अप्त पुन र द्दितिय सचिवमा श्री सुरज गुरुङलाई चयन गरिएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP