कोरियामा रहेका थकाली बन्धूहरुले एकापसमा सुख दुख साटासाट गर्दै तोरन्ल्ह मनाए
12 March 2012
थकाली जातिको महान पर्व तोरन्ल्हको उपलक्ष्यमा आयोजित दिवा भोज कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । राजधानी सउलको पूजा २ रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा थसेस अध्यक्ष भक्त सेरचनले पानशमा बट्टी बालि उदघाटन गर्नु भए पश्चात बरिष्ठ सल्लाहकार कुल प्रसाद जुहारचन र अध्यक्ष भक्त सेरचनले संयुक्त रुपमा खिमी झोजि (पितृ पूजा) गर्नु भएको थियो ।कार्यक्रममा थसेस अध्यक्ष भक्त सेरचनले उपस्थित सम्पूर्ण थकाली बन्धूहरुलाई महान पर्व तोरन्ल्ह २०१२ को सुखद उपलक्ष्यमा शुभकामना प्रदान गर्दै तोरन्ल्हको बारेमा प्रकाश पार्नु भएको थियो । यस पालिको तोरन्ल्ह कार्यक्रममा उपस्थित करिव ४० जना थकाली बन्धूहरुले एकापसमा सुख दुख साटासाट गर्दै राती अबेर सम्म खानपिन र नाचगान गरि मनाए । थप फोटोहरु....






