थसेस म्याग्दीले थकाली जातिको महान पर्व तोरन्ल्ह (फागूपुर्णीमा )भब्य रुपमा मनायो
06 March 2012
थकालीहरुको महान चाड तोरन्ल्ह (फागूपुर्णीमा ) को अवसरमा थकाली सेवा समिति म्याग्दीले ताराखेल खेलेर मनाएका छन् । तीन दिन सम्म मनाईने पवको अवसरमा समितिले पहिलो दिन शुभकामना आदान प्रदान तथा ताराखेल आयोजना गरि मनाएका हुन । समाजले वुधवार र विहिवार विविध कार्यक्रम गरि पर्वलाई भव्य रुपमा मनाउने जनाएको छ । पर्वको अवसरमा मंगलबार एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि समाजले पर्व मनाएका हुन् ।थकाली सेवा समिति म्याग्दीका अध्यक्ष जगतनारायण गौचनको अध्यक्षता तथा बयोवृद्ध गर्बनारायण भट्टचनको प्रमुख आतित्यथामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ज्ञवाली, थकाली सेवा समितिका केन्द्रीय सदस्य गोपाल भट्टचन लगायतले मन्तव्य राख्ुनुभएको थियो । कार्यक्रममा बक्ताहरुले देशमा थकालीहरुको महान पर्व फागुपुर्णीमालाई सभ्य र भव्य तथा मर्यादित तरीकाले मनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समितिका उपाध्यक्ष विमला गौचनले स्वागत र सञ्चालन महासचिब सुन्दरमान शेरचनले गर्नुभएको थियो






