25 January 2012

थसेस दक्षिण कोरियाको भेटघाट तथा परिचय कार्यक्रम भब्यताका साथ सम्पन्न

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको भेटघाट तथा परिचय कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । राजधानी सउल स्थित पूजा २ रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा  कोरियामा बिभिन्न पेशा तथा ब्यबसाय गरि बसेका करिव तीस जना जना थकाली बन्धूहरुको उपस्थिति रहेको थियो । थसेस अध्यक्ष श्री भक्त सेरचन ज्युको सभापतित्व र   ( Associate Research scientist ) श्री अनुज भट्टचन ज्युको प्रमुख आतिथ्यमा सम्पन्न पहिलो चरणको कार्यक्रममा ईपिएस  लगायत अन्य भिषा मार्फत कोरिया आई कार्यरत नव प्रबेषी थकाली बन्धूहरुको स्वागत गर्नुको साथै एकापसमा परिचय आदान प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रमको दोश्रो चरणमा खानपीन लगायत नाचगान गरि राती अबेर कार्यक्रमलाई समापन गरिएको थियो ।

0 개의 덧글:

Post a Comment

थकाली सेवा समिति
Free counter and web stats
eXTReMe Tracker

  © Blog Modulsuda by थसेस कोरिया ब्लग STD2008

Back to Top