27 November 2011

थसेस कोरिया द्वारा नयां बर्ष धुमधामको साथ मनाउने तयारी

थकाली सेवा समिति दक्षिण कोरियाले नयां बर्ष २०१२ को आगमन संगै बिशेष मनोरन्जनका साथ मनाउने तयारी गरिरहेको छ । गत सेप्टेम्बर १३ तारिख आईतबार भएको निर्णयानुसार आज बसेको थसेस बिशेष बैठकले कार्यक्रमको पूर्ण तयारी गरेको हो ।   एक सय जना सम्मको सिट क्षमता भएको राजधानी सउलको तोङदेमुनमा रहेको पूजा रेष्टुरेण्टमा डिसेम्बर ३१ तारिख सांझ १० बजे देखि न्यु यअर पार्टी शुरु गरिने छ । उक्त दिन पार्टीमा सहभागि हुन चाहाने प्रवासीहरुले बिहान ५ बजे सम्म खानपिन र नाचगान गरि मनोरन्जन लिने छन ।

0 개의 덧글:

Post a Comment

थकाली सेवा समिति
Free counter and web stats
eXTReMe Tracker

  © Blog Modulsuda by थसेस कोरिया ब्लग STD2008

Back to Top