थकाली सेवा समिति कोरियाले बिश्व ट्रयाडिश्नल आर्चरी संघ कोरियाको आयोजनामा सम्पन्न पांचौ बिश्व ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा सहभागि नेपाली खेलाडी टोलीहरुको सम्मानमा रात्रीभोजको आयोजना गरेको छ। राजधानी सउलको तोङदेमुन शहर स्थित पूजा रेष्टुरेण्टमा २ तारिख आईतबार सांझ आयोजित रात्रीभोजको औपचारिक कार्यक्रममा थसेस कोरियाका अध्यक्ष भक्त सेरचन, नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चङ कुमार गुरुङ र कास्की परिवारका अध्यक्ष कुशल थापाले खेलाडी टोलीहरुलाई खाडा ओदयाएर सम्मान गर्नु भएको थियो । सम्मानको क्रममा नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चङ कुमार गुरुङले नेपाली जनजातिहरु माझ अति लोकप्रिय खेल परम्परागत आर्चरीलाई राष्ट्रियकरण गरिनु पर्ने र यस खेलको बिकासको लागि आफू नेपाल प्रस्थान पश्चात नेपाल आदिवासी जनजाति महासंघ नेपालको तर्फात समेत आवाज उठाउनको लागि पहल गर्ने बचनबद्दता ब्यक्त गर्नु भयो ।
03 October 2011
Subscribe to:
Post Comments (Atom)

0 개의 덧글:
Post a Comment