03 October 2011

पांचौ बिश्व ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा नेपाली टोलको सफल सहभागिता

Bharat Tulachan seoul Korea
बिश्व ट्रयाडिश्नल आर्चरी संघ कोरियाको आयोजनामा सम्पन्न पांचौ बिश्व ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा नेपाली टोलीले सफल सहभागिता जनाएको छ । नेपाल आर्चरी संघको मातहतबाट राम काजी बान्तवनाको नेतृत्वमा योगेन्द्र सेरचन, संजिव मान तुलाचन, श्रीमती मुगा बान्त्वना र श्रीमती मोनिका सेरचन सहितको पांच सदस्यीय परम्परागत आर्चरीका नेपाली खेलाडी टोलीले सेप्टेम्बर २३ देखि २७ तारिख सम्म कोरियाको छनान शहरमा आयोजित फेष्टिबलमा सफल सहभागिता जनाएको हो । बिश्वका २५ देशले सहभागिता जनाएको उक्त बिश्व ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा खेलाडी टोलिले नेपालको परम्परागत बिशुद्द बांसको धनु र निगालोको शर प्रयोग गर्दै नेपालको परंम्परागत Read More.....
आर्चरीको खेलको सफल प्रर्दशन गरेका थिए । आयोजनामा खेललाई प्रतिष्प्रर्धात्मक रुपमा संचालन गर्दै क्रमश: २० ,५० , ६०, ७५ र ९० मिटरको दुरी गरि पांच चरणमा बिभाजन गरिएको थियो । जस्मा नेपाली टोलिले छोटो दूरीको २० र ५० मिटर दुरीमा उत्कृष्ट खेल प्रदर्शन गरे भने लामो दूरीको ६०, ७५ र ९० मिटरमा समेत संतोषजनक रुपमा खेल प्रर्दशन गरे ।

खासगरि परम्परागत आर्चरीलाई अन्तर्राष्ट्रिय रुपमा हाईलाईट गर्ने र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले युनेस्को अन्तर्गत यसको पहिचान कायम गराउंन बिश्व ट्रयाडिश्नल आर्चरी संघमा हाल बिश्वका ३५ वटा राष्ट्रहरु यसका सदस्य बनि सकेका छन । दक्षिण कोरियाको बिभिन्न शहरहरुमा पांचौ पटक सम्म आयोजना भईसकेको यस फेष्टिबलमा गतसाल मात्र पहिलो पटक नेपाली टोलीले सहभागिता जनाएको थियो । फेस्टिबलमा यो नेपालको दोश्रो सहभागिता हो । आयोजनामा - मात्र अनुभव संकलन रहंदै आएको भनिएता पनि नेपाली टोलीले गत साल भन्दा अझ उत्कृष्ट खेल प्रदर्शन गरेको दाबी गर्नु हुन्छ नेपाली टोलीका टीम म्यानेजर राम काजी बान्तवना । उहांको अनुसार समाबेश बिभिन्न नवौं बिधा मध्य सर्वोत्तम तीर (बेष्ट एरो) मा नेपालले अवार्ड प्राप्त गर्न सफल भएको छ । फेस्टिबलमा नेपाली टोलीले मुर्चुङगा र मादल बजाउंदै वारी जमुना पारी जमूना गीतमा लोक नृत्य समेत प्रस्तुत गरेको थियो



0 개의 덧글:

Post a Comment

थकाली सेवा समिति
Free counter and web stats
eXTReMe Tracker

  © Blog Modulsuda by थसेस कोरिया ब्लग STD2008

Back to Top