परम्परागत आर्चरीका पांच सदस्यीय नेपाली खेलाडी टोली कोरियामा

24 September 2011

Bharat Tulachan,seoul korea
 बिश्व ट्रयाडिश्नल आर्चरी संघ कोरियाको आयोजनामा  सम्पन्न हुन गईरहेको पांचौ बिश्व ट्रयाडिश्नल आर्चरी फेष्टिबलमा भाग लिन पांच सदस्यीय परम्परागत आर्चरीका नेपाली खेलाडी टोली  कोरिया आई पुगेका छन ।  नेपाल ओलम्पिक कमिटीको मातहतबाट राम काजी बान्त्वनाको नेतृत्वमा योगेन्द्र सेरचन, संजिव मान तुलाचन,श्रीमती मोनिका सेरचन र मुगा बान्त्वना सहितको  पांच सदस्यीय  खेलाडी टोली दक्षिण कोरिया आईपुगेको हो । सेप्टेम्बर २४ देखि २६ तारिख सम्म  कोरियाको छनान शहरमा आयोजना हुन लागेको उक्त फेष्टिबलमा बिश्वका ३५ राष्ट्रका सयौं खेलाडीहरुले आ-आफ्नो देशका परम्परागत आर्चरी खेल प्रर्दशन गर्नुको साथै फेष्टिबलमा समाबेश बिभिन्न बिधामा प्रतिष्प्रर्धा गर्ने छन । Read more.........
 स्मरणिय रहोस, गत बर्ष   कोरियाको डेजन शहरमा सम्पन्न फेष्टिबलमा  नेपाली खेलाडी टोलीले सफल  सहभागिता  जनाई स्वदेश फिर्ता भई सकेका छन । 

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP