थसेस सदस्य चित्र सेरचनको बिदाई कार्यक्रम सम्पन्न

09 August 2011

 लामो समय देखि कोरियामा कार्यरत रहेका थसेस सदस्य चित्र सेरचन स्वदेश फर्कने भएपछि थसेस कोरियाले एक बिदाई कार्यक्रम सम्पन्न गरेको छ । श्री चित्र सेरचन अगष्ट १० तारिख स्वदेश प्रस्थान गर्नुहुने भएपछि थसेस कोरियाले उहांको सम्मानमा गत आईतबार राजधानी सउलको दोङदेमुन स्थित पूजा रेष्टुरेण्टमा बिदाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा थसेस अध्यक्ष श्री भक्त सेरचनले थसेस कोरियाको तर्फबाट खाडा ओद्याएर सम्मान गर्नुको साथै  प्रशंसा पत्र र बिशेष उपहार प्रदान गर्नु भएको थियो ।
 स्मर्णिय रहोस श्री चित्र सेरचन कोरियामा कार्यरत अबस्थामै समय निकालेर टेक्वान्डो खेलमा दक्षता हांशिल गरे पश्चात  बिश्व तेक्वान्डो प्रशिक्षक ट्रेनिङ कोर्श सम्पन्न गरिसक्नु भएको छ । जस्मा उहांले पहिलो चरणको प्रमाण पत्र समेत  प्राप्त गर्नु भएको छ ।


Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP