थसेस सदस्य चित्र सेरचनलाई तेक्वान्डोमा पहिलो चरणको प्रमाण पत्र प्राप्त

19 July 2011

कोरियाको खाङनाम स्थित कुक्कीवनमा रहेको बिश्वकै एक मात्र तेक्वान्डो प्रशिक्षक केन्द्रले आयोजना गरेको ६ दिने तेईसौं बिश्व तेक्वान्डो प्रशिक्षक ट्रेनिङ कोर्श सम्पन्न भई थसेस सदस्य चित्र सेरचनले पहिलो चरणको प्रमाण पत्र प्राप्त गर्नु भएको छ । पुन: आयोजना हुने तेक्वान्डो प्रशिक्षक ट्रेनिङ कोर्श पूरा गरि अन्तिम चरणको नतिजा पश्चात उहां बिश्वका जुनसुकै मुलुकमा पनि सहजै तेक्वान्डो खेल प्रशिक्षकको रुपमा पुग्न सक्नु हुनेछ । गत जुलाई ११ तारिख देखि १६ तारिख सम्म सम्पन्न आयोजनामा  बिश्वका १३० जना तेक्वान्डो खेलाडीहरुको सहभागिता रहेको उक्त कोर्शमा हङकङ,कतार र युकेबाट आईपुगेका १/१ जना र नेपालबाट सहभागि हुन आएका सहित गरि २० जना नेपालीहरु सहभागि थिए । जस मध्य थसेस सदस्य चित्र सेरचन भने केहि बर्ष अगाडी देखि कोरियामा कार्यरत हुनुहुन्थ्यो । थप बिबरण...
उहां कोरियाली भूमिको ब्यस्त जीबनको बाबजूद पनि समय निकालेर तेक्वान्डो खेलाडी बन्न सफल भई थुप्रै स्थानिय आयोजनाहरुमा पर्तिष्प्रर्धा गर्नु भएको थियो । हालै सम्पन्न उक्त कोर्शमा केहि हप्ता अगाडी पूसानमा आयोजना भएको तेक्वान्डो प्रतियोगितामा भाग लिन आई पुगेको नेपालका चर्चित तेक्वान्डो खेलाडी संगिना बैद्दको टोली समेत सामेल भई ६ दिने कोर्श पूरा गरेर प्रमाण पत्र प्राप्त गरेको थाहा भएको छ ।



 

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP