नेपाल आदिवासी जनजाति महासंघ कोरियाको साधारण सभा सम्पन्न, अध्यक्षमा चङ कुमार गुरुङ नै सर्वसम्मत

04 July 2011

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको  दोश्रो साधारण सभा गत ३ तारिख आईतबार    राजधानी सउलको सदेमुन स्थित एम टि युको सभाहलमा  सम्पन्न भएको छ । उत्पिडित जनजाति, दलित, महिला, मधेशी र अ ल्प संख्यक समूदायको एकता, आजको आवश्यकता" भन्ने मुल नारा सहित  निवर्तमान अध्यक्ष चङ कुमार गुरुङको   सभापतित्वमा  सम्पन्न साधारण सभामा  छाबिय चीवकी आमा लि ख्म ह्यनको प्रमुख  आतिथ्य रहेको थियो ।   जनजाति र गैर जनजाति गरि करिव ७० जना प्रवासी नेपालीहरुको उपस्थिति रहेको साधारण सभामा कोरिया स्थित जातिय ,राजनैतिक तथा क्षेत्रिय संघ संस्थाका प्रतितिधिहरुको समेत दह्रो उपस्थिति रहेको थियो । साथै डेविड राई, शेषाहाङ्ग राई र खड्क पुन मगर सहितको ३ सदस्सीय निर्णायक मण्डलको  संचालनमा सम्पन्न  भएको बन्दसत्रबाट निबर्तमान अध्यक्ष चङ कुमार गुरुङको अध्यक्षतामा  १९ सदस्यीय नयां कार्य समितिको गठन भएको छ। Read More.........
 अध्यक्ष पदमा रामकाजी गुरुङ्ग र चङ्ग कुमार गुरुङ्गले उम्मेदवारी दिएता पनि आपसी समझदारी मा रामकाजी गुरुङ्गले उमेदवारी फिर्ता लिएपछि सर्वसम्मतिमा आगामी २ वर्षको लागि श्री चङ्ग कुमार गुरुङ्गको अध्यक्षतामा नयां कार्य समितिको गठन भएको छ।

१.अध्यक्ष श्री चङ्ग कुमार गुरुङ्ग

२. उपाध्यक्ष श्री भक्त शेरचन

३.उपाध्यक्ष श्री मुकुन्द राई

४. महासचिव श्री यम श्रीस मगर

५.सचिव श्री गंगा लिम्बु

६.सचिव श्री विरध्वज तामाङ

७. कोषाध्यक्ष श्री विजय गुरुङ्ग

८. सह कोषाध्यक्ष श्रीमति विविमाया गुरुङ्ग

९. सदस्य श्री राम काजी गुरुङ्ग

१०.सदस्य श्री अप्त पुन मगर

११.सदस्य श्री मिलन राना मगर

१२.सदस्य श्री उइनासिंह तामाङ

१३.सदस्य श्रीमति मोलिका थकाली

१४.सदस्य श्री हिमाल राई

१५.सदस्य श्री राजेन्द्र शाक्य

१६. सदस्य श्री श्यामकाजी डंगोल

१७. सदस्य श्री डिल कुमार लक्सम

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP