23 June 2011

थसेस सल्लाहकार बाल कुमार सेरचन आज स्वदेश फिर्ता

थकाली सेवा समिति दक्षिण कोरियाका सल्लाहकार बाल कुमार सेरचन आज सांझ थाई एअरबाट स्वदेश फिर्ता हुनु भएको छ । करिव दश बर्षको कोरिया बसाई पश्चात कोरियाली भूमिको जिबनयापनलाई अन्तिम बनाउंदै आज स्वदेश फर्किनु भएको हो । अस्ति मंगलबार मात्र नेपाल जाने निश्चित भएको भनि जानाकारी गराउनु भएका सेरचनको  समयाभावको कारण थसेस कोरियाले बिदाई कार्यक्रमको आयोजना गर्न भने सकेन । उहां कोरियामा रहुन्जेल नेपाल आदिवासी जनजाति महांसंघ,बाग्लुङ सम्पर्क समितिमा समेत सकृय रहंदै कोरियामा आयोजना हुने भलिबल खेल प्रतियोगितामा बाग्लुङ टीमबाट शसक्त खेलाडीको रुपमा समेत चिनिनु हुन्थ्यो । थसेस कोरिया उहांको सफल यात्राको लागि हार्दिक मंगलमय कामना गर्दछ ।

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blog Modulsuda by थसेस कोरिया ब्लग STD2008

Back to Top