16 June 2011

नेपाल बौद्द परिवार दक्षिण कोरियाको साधारण सभाबाट यसरी बन्यो नयां कार्य समिति

 कोरियामा रहेका बौद्द धर्मावलम्बी नेपालीहरुको साझा संस्था नेपाल बौद्द परिवार दक्षिण कोरियाको साधारण सभा संस्थाको आफ्नै कार्यालय रहेको राजधानी सउलको साम्यङडोङ स्थित छाबिय चीबमा भएको सम्पन्न भएको छ । संस्थाका निबर्तमान सल्लाहकार राम काजी गुरुङको सभापतित्व र आमा लि खुम ह्यनको प्रमुख आतिथ्यमा सम्पन्न सभाको पहिलो चरणको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित करिव ५० जना प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो। ईश्वर गुरुङको संचालन रहेको पहिलो चरणको कार्यक्रमको समापन पश्चात संस्थाका संस्थापक सदस्य भीम गुरुङको संयोजकत्वमा ४ जना निर्वाचन मण्डल खडा गर्दै संस्थाको नयां कार्यसमिति चयनको लागि उम्मेद्द्वारी दर्ता गराईएको थियो । थप हेर्नुस....
 जस्मा,अध्यक्ष पदको लागि चङ कुमार गुरुङ,ईश्वर गुरुङ, उईना शिं तामाङ,र खगेन्द्र गुरुङको उम्मेद्द्वारी परेकोमा चङ कुमार गुरुङ र , उईना शिं तामाङले उम्मेद्द्वारी फिर्ता लिए । तर अध्यक्ष पदको लागि ईश्वर गुरुङ र खगेन्द्र गुरुङ त्यस्तै कोषाध्यक्ष पदको लागि बेल गुरुङ र हुन्दे तामाङ बिच सहमति हुन नसके पछि निर्वाचन मण्डलले निर्वाचन प्रकृयाको तयारी गरिरहेकै अबस्थामा खगेन्द्र गुरुङ र हुन्दे तामाङ द्दवारा निर्वाचन प्रकृयामा जान असहमति ब्यक्त गर्दै सभा हलबाट बाहिरिए पछि अध्यक्ष र कोषाध्यक्ष पदमा क्रमश: ईश्वर गुरुङ र बेल गुरुङलाई सर्वसम्मत चयन भएका थिए । तर सचिव पदमा भने ३ जनाको उम्मेद्द्वारी परे पनि रोहित गुरुङ सहमतिय आधारमा चयन भए । उपाध्यक्ष पदमा एक मात्र उम्मेद्दवारी परेकोले रमेश श्रेष्ठ निर्बिरोध निर्वाचित भएका थिए ।
१२ तारिख आईतबार नेपाल बौद्द परिवार दक्षिण कोरियाको साधारण सभाबाट निर्वाचित नयां कार्य समितिको रुप यस्तो छ :
अध्यक्ष- ईश्वर गुरुङ
उपाध्यक्ष- रमेश श्रेष्ठ
सचिव- रोहित गुरुङ
सह- सचिव-उमेश श्रेष्ठ
कोषाध्यक्ष-बेल गुरुङ
सदस्यहरु-
शशी सेर्पा हेल्मु
पेम्बा लामा
तेन्जिङ शेर्पा हेल्मु\
कृष्ण मुस्यान
सोनी शेर्पा
शुष्मी शेर्पा
अन्तमा, स्याङजा परिवारको समेत अध्यक्ष समेत रहनु भएका नव निर्वाचित अध्यक्ष ईश्वर गुरुङले आगामी दिनमा नेपाल बौद्द परिवार दक्षिण कोरियालाई अगाडी बढाउन लागि पर्ने र भगवान गौतम बुद्दको जन्मथलो नेपालको लुम्बिनी भन्ने सत्यतालाई कोरियाली समाजमा थप प्रचार प्रसारको कार्यक्रमहरु बनाउंदै जाने प्रण गर्नु भएको छ । नयां कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई संस्थापक सचिव भिम गुरुङले आत्मा सांछी राखी मन बचन र कर्मले सेवा गर्ने छु भनि सपथ खुवाउनु भएको थियो ।

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blog Modulsuda by थसेस कोरिया ब्लग STD2008

Back to Top