थसेस जापानको आयोजनामा शुभकामना सांझ सम्पन्न

08 May 2011

थकाली सेवा समिति जापानको आयोजना बिहीवार टोक्योमा २० औं शुभकामना साँझ सम्पन्न भएको छ । नेपालबाट आएका चर्चित कलाकाहरु अन्जु पन्त,गोपाल नेपाल फिष्टे र हास्य अभिनेता मनोज आचार्य तथा जापानका रहेका स्थानीय नेपाली कलाकारहरुको सहभागीतामा बिविध सांस्कृतिक प्रस्तुतीका साथ कार्यक्रम सम्पन्न भएको थियो । More.
प्रमुख अतिथि एकीकृत नेकपा माओवादीका नेता अमिक सेरचलने थकालीहरुको लोकपि्रय खेलको बाँण हानेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष दीपक गौचनले स्वागत मन्तब्य राख्नुभएको थियो भने एनआरएनका केन्द्रीय प्रवक्ता डा. कुमार वस्नेत र जापान कमिटिका प्रवक्ता डा. राजेन्द्रप्रसाद पराजुलीले थकालीहरुका देवताको तस्वीरमा माल्र्यापण गर्नुभएको थियो । जापानमा गएको भूकम्प र सुनामीका कारण कुनैपनि उत्सवजन्य कार्यक्रम नगर्ने र सहभागी पनि नहुने नीतिका कारण जापानका लागि नेपाली राजदूत डा.गणेश योञ्जन कार्यक्रमा उपस्थीत नभएपनि शुभकामना सन्देश भने पठाउनुभएको थियो ।








Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP