सांगितिक रौनकको साथ तोरन्ल्ह पर्व २०११ सम्पन्न

04 April 2011

३ तारिख आईतबार थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको तोरन्ल्ह पर्व २०११ बिबिद सांगितिक रौनकको साथ राजधानी सउलको तोङदेमुन शहरमा सम्पन्न भएको छ । थसेस अध्यक्ष भक्त सेरचनको सभापतित्व र महामहिम राजदूत कमल प्रसाद कोईरालको प्रमुख आतिथ्यमा सम्पन्न तोरन्ल्ह कार्यक्रममा उपस्थित महानुभावहरुले खानाका बिशेष परिकारहरुको  साथमा नेपालबाट निमन्त्रणा गरिएका पप तथा आधुनिक गायक शिव परियार लगायत स्थानिय कलाकारहरुबाट मनग्य मनोरन्जन लिएका थिए । कार्यक्रमको पहिलो चरणमा  पितृ पुजन,१०८ बत्ती प्रज्वलन  गरेपछि थकाली जातिको प्रशिद्द खेल तारा (त्हस) खेलको नमूना प्रर्दशन गरिएको थियो । प्रमुख अतिथि लगायत बिशेष अतिथि ज्युहरुबाट प्रत्यक्ष रुपमा खेल प्रर्दशन गरिएको तारा खेलले तोरन्ल्ह कार्यक्रमलाई थप रौनक थपिदिएको थियो ।
पहिलो चरणको समापन संगै खानपिन र खानपिन पश्चात शुरु भएको दोश्रो चरणको कार्यक्रममा नेपालबाट पाल्नु भएका चर्चित पप तथा आधिनिक गायक शिव परियार लगायत स्थानिय कलाकारहरुले पूर्ण मनोरन्जन दिलाएका थिए ।
   




Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP