नेपालमा यस बर्ष सर्बाधिक चर्चित गायक शिव परियार दक्षिण कोरियामा, तोरन्ल्ह कार्यक्रमको सम्पूर्ण तयारी पूरा

01 April 2011

  थकाली सेवा समिति दक्षिण कोरियाले ३ तारिख आईतबार आयोजना गर्न लागेको थसेस तोरन्ल्ह कार्यक्रममा सहभागि हुन नेपालमा यस बर्ष सर्बाधिक चर्चामा रहेका पप तथा आधुनिक  गायक शिव परियार आज कोरिया आईपुगेका छन । गायक शिव परियारलाई स्वागत गर्न बिहिबार राती १२ बजे थसेस अध्यक्ष भक्त सेरचन तथा थसेस सल्लाहकार दिनेश हिराचनको २ सदस्सीय टोली ईन्छन यअरपोर्ट पुगेको थियो । त्यस्तै ३ तारिख आईतबार आयोजना गर्न लागेको थसेस तोरन्ल्ह कार्यक्रमको सम्पूर्ण तयारीहरु लगभग More....
पूरा भएको  भएको छ । कार्यक्रममा उपस्थित महानुभावहरुलाई मनग्य खानपिन र पूर्ण मनोरन्जन दिलाउन थसेस सम्बन्धित सम्पूर्ण सदस्यहरु ज्यान दिएर लागि परेका छन । कार्यक्रममा चर्चित गायक शिव परियार सहित थुप्रै स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP