थसेस कोरियाले तोरन्ल्हमा सांगितिक रमझमको साथ मिष्ठान्न थकाली परिकारहरु पस्कने

20 February 2011

आगामी मार्च २७ तारिख आईतबारको दिन थकाली सेवा समिति दक्षिण कोरियाले  थकाली जातिको महान् पर्व तोरन्ल्हको सुखद उपलक्ष्यमा बिबिध सांगितिक रमझमका साथ मिष्ठान्न थकाली परिकारहरु पस्कने भएको छ । आज आईतबार राजधानी सउलको छाविय चीवमा बसेको थसेस बैठकले थकाली जातिको महान् पर्व तोरन्ल्हमा बिशेष कार्यक्रम तय गर्ने गरि उक्त निर्णय गरेको हो । उक्त कार्यक्रममा स्थानिय चिरपरिचित कलाकारहरुका साथ थप मनोरन्जनपूर्ण बनाउन १ जना नेपालका ख्याति प्राप्त तथा चर्चित कलाकारलाई निम्त्याईने भएको छ । नेपालबाट निम्त्याईने कलाकारको लागि छनोट प्रकृयालाई अगाडी बढाईएकोले यसै हप्ता सम्मा निश्चित हुने र आगामी हप्ता देखि तोरन्ल्ह  कार्यक्रम कार्यक्रमको तयारी गर्ने निर्णय भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP