तोरन्ल्हको तयारी स्वरुप २० तारिख आईतबार थसेस कार्य समितिको बैठक बस्ने

09 February 2011

थकाली सेवा समिति दक्षिण कोरिया कार्य समितिको बैठक आगामी हप्ताको २० तारिख आईतबार बस्ने भएको छ । राजधानी सउलको तोङदेमुन शहरमा बसिने बैठकको  बैठक स्थल भने खुलाईएको छैन । थकाली जातिको महान् पर्व तोरन्ल्ह पर्वको पुर्वसन्ध्यामा थसेस  कार्यसमितिको बैठक बस्न लागेको हो । उक्त दिन बसिने  बैठकले खासगरि थकाली जातिको महान् पर्व तोरन्ल्हमा मनाउने तयारी गर्नुको साथै अन्य बिबिध बिषयमा छलफल गरिने  छ । बैठकमा उपस्थित हुन कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु तथा  कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरुमा हार्दिक अनुरोध गरिएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP