नेपाली आदिवासी जनजाति महासंघ कोरियाले चियापान कार्यक्रमको आयोजना गर्ने

03 December 2010

नेपाली आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले यसै महिनाको २६ तारिख आईतबारको दिन चियापान कार्यक्रमको आयोजना गर्न गई रहेको छ ।  राजधानी सउलको सदेमुन स्थित एम टि युको हलमा आयोजना गर्न लागिएको चियापान कार्यक्रममा कार्यक्रममा उपस्थित महानुभावहरुलाई महासंघले डोल्पेली अनाथ बालबालिकाहरुको छात्रबृत्ति कोष सम्बन्धि हाल सम्मको उपलब्धि र भावि रणनिति लगायत अन्य बिबिध बिषयमा छलफल गरिने कुरा नेपाली आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष चङ कुमार गुरुङले बताउनु भएको छ ।
 उक्त चियापान कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु, ब्यापारीहरु, बिधार्थीहरु ,बुद्दिजिवीहरु, लगायत सम्पुर्ण प्रवासी नेपालीहरुमा यसै सूचनालाई आधार मानि उपस्थित हुन अनुरोध गरिएको छ । nepal korea news

स्थान: एम टि युको हल (सदेमुन)
मिति: २०१० डिसेम्बर २६ आईतबार ।
समय: दिनको १२ बजे ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP