प्रवासी दाजुभाईहरुले म्याग्देली दिदी बहिनीहरुको हातबाट टिका थापे

11 November 2010

सम्भवत: कोरियाली भूमिमा पहिलो पल्ट म्याग्देली दिदी बहिनीहरुले प्रवासी दाजुभाईहरुको सम्मानमा आयोजना गरेको सामूहिक तिहार कार्यक्रम राजधानी सउलको ओईदे स्थित नमस्ते रेष्टुरेण्टमा सफलताका साथ सम्पन्न भएको छ । दिदीबहिनीहरुले आफ्नो परम्परागत बिधि अनुसार पूजाआजाको काम पूरा गरेपछि प्रवासी दाजुभाईहरुलाई टिका र सयपत्री फूलको मालाले स्वागत गर्दै सेलरोटी लगायतका अन्य मिष्ठान्न परिकारहरु पस्किएका थिए ।
सम्झिएर टाढा टाढाबाट उपस्थित भएका दाजुभाईहरुलाई कुनै कुराको कमि हुन नदिन आयोजक दिदीबहिनीहरु जोडटोडका साथ लागिपरेका थिए । म्याग्देली दिदी बहिनीहरुले आयोजना गरेको यस सामूहिक तिहार कार्यक्रमले उपस्थित प्रवासी दाजुभाइहरुलाई मनग्य खानपिन र मनोरन्जन गर्दै स्वदेशमा मनाईने तिहारको तिर्शणा मेटाईदियो । मध्यान्न १२ बजे देखि सुरु गरि सांझ ८ बजे समापन गरिएको तिहार कार्यक्रममा दाजुभाइहरुबाट संकलित दक्षिणामा बचेको रकम एक बर्ष कोरियाली अस्पताल बसेर हालै डिश्चार्ज भई सउल आईपुगेकी बिरामी चेलीको खाना र औषधीमा खर्च गरिने कुरा दिदी बहिनीहरुले बताएका छन ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP