दक्षिण कोरियामा सम्पन्न बिश्व ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा नेपालको सहभागिता

20 October 2010

भरत तुलाचन सउल ,कोरिया
बिश्व ट्रयाडिश्नल आर्चरी संघको आयोजनामा सम्पन्न ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा भागलिन नेपालबाट दक्षिण कोरिया आईपुगेका नेपाल ट्रयाडिश्नल आर्चरीका पांच सदस्सिय खेलाडी टोली सफल सहभागिता जनाई गत १७ तारिख आईतबारको दिन स्वदेश फिर्ता भएको छ । नेपाल ओलम्पिक कमिटीको मातहतबाट दिपक राज गुरुङको नेतृत्वमा  प्रेम तुलाचन,पानश गौचन,सुनिल सेरचन र टोप्चेन गुरुङ सहितको खेलाडी टोली करिव १० दिन अगाडि कोरिया आई पुगेको थियो । गत अक्टुबर ८ तारिख देखि १३ तारिख सम्म दक्षिण कोरियाको डेजन शहर स्थित तानबाङ बजारको बोरामे पार्कमा आयोजना गरिएको उक्त आर्चरी फेस्टिबलमा नेपाल सहित ३२ देशले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाली टोलीले मुख्यगरि म्याग्दी, बाग्लुङ र मुस्ताङ जिल्लामा प्रचलित बांसको धनु र चोयांको शर प्रयोग गरि नेपालको परंम्परागत आर्चरीको खेलको सफल  प्रर्दशन गरेका थिए ।

 आयोजकले खेललाई प्रतिष्प्रर्धात्मक रुपमा संचालन गर्दै क्रमश: ४० , ६० र ८० मिटरको दूरी गरि तीन चरणमा बिभाजन गरिएको थियो । जस्मा नेपाली टोलीले प्रतियोगिताको पहिलो चरणमा नेपालमा प्रचलित ४० मिटरको दुरीमा उच्च प्रर्दशन गर्दै दोश्रो स्थान हांशिल गरेका थिए । लामो दूरीको ६० र ८० मिटर दूरीमा समेत संतोषजनक रुपमा खेल प्रर्दशन गरे । आयोजनामा सहभागि ३२ देश बिचको ३ चरण खेलको एकमुष्ठ अंक अनुसार नेपाली टोलीले १२ औ स्थान हांशिल गरेको थियो । नेपालमा परंम्परागत खेलको रुपमा खेलिने यस खेलका खेलाडीहरुले कोरियाली भूमिमा सहभागिता जनाएको सम्भवत: पहिलो हो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP