थसेस दक्षिण कोरियाले कोरिया आई पुगेका नेपाली परंम्परागत आर्चरी खेलाडीहरुको सम्मान

20 October 2010

गत १६ तारिख शनिबार सांझ थकाली सेवा समिति दक्षिण कोरियाले बिजया दशमीको रमझम संगै कोरिया आई पुगेका परंम्परागत आर्चरी खेलका नेपाली खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । बिश्व परंम्परागत आर्चरी संघको  आयोजनामा दक्षिण कोरियाको डेजन शहरमा आयोजित बिश्व परंम्परागत आर्चरी फेष्टिबलमा भागलिन आएका  नेपाली परंपरागत आर्चरी खेलका खेलाडीहरुको सम्मानार्थ  भेटघाट कार्यक्रमको आयोजना गरि  खेलाडीहरुको सम्मान गरिएको हो ।
राजधानी सउल स्थित छाबिय चीवमा आयोजना गरिएको उक्त कार्यक्रममा कोरियामा कार्यरत थकाली बन्धूहरु लगायत बाग्लुङ बुर्तिबाङबासीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा थसेस अध्यक्ष भक्त सेरचनले खेलाडीहरुलाई खाडा ओढ्याई सम्मान गर्नु भएको थियो । दिपकराज गुरुङको नेतृत्वमा प्रेम तुलाचन, पानश गौचन, शुनिल सेरचन र टोप्चेन गुरुङ गरि पांच जनाको खेलाडी टोली रहेको भएतापनि दिपक राज गुरुङ र टोप्चेन गुरुङको कार्यक्रममा अनुपस्थिति रहेको थियो । बिजया दशमीको सुखद अवसर संगै आयोजना गरिएको सम्मान तथा भेटघाट कार्यक्रमको औपचारिक कार्यक्रम पश्चात रात्रीभोजको आयोजना गरिएको थियो ।
   
                                    


Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP