थाक महामेला २०१० बिभिन्न कार्यक्रमहरुका साथ सम्पन्न

03 October 2010

बिहिबार देखि हिमाली जिल्ला मुस्ताङमा साचालन भएको ४० औ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । थाक खेलकुद तथा साँस्कृतिक विकास संघ मुस्ताङको आयोजनामा सुरु भएको खेलकुदको समापन कार्यक्रममा हिमाली क्षेत्रका खेलाडीलाई पनि राष्ट्रिय खेलमा समाबेस गर्नुपर्ने सहभागिले बताएका थिए ।
मुस्ताङका विभिन्न ठाउँका स्थानीय प्रतिभालाई प्रोत्साहीत गर्ने र आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव साचालन गरिर्दै आएको हो । महोत्सवले स्थानीय सम्भावनाको प्रचार प्रसार गरि नेपाल पर्यटन वर्ष २०११ सफल पार्न समेत सघाएको सघंका बरिष्ठ उपाध्यक्ष भक्ति हिराचनले बताउनुभयो । थाक खेलकुद तथा साँस्कृतिक महोत्सबमा क्लब स्तरीय भलीबल प्रतियोगीता गायन तथा नृत्य प्रतियोगिता खुल्ला ताराखेल प्रतियोगिता मुस्ताङ सुन्दरी प्रतियोगिता लगाएतका प्रतियोगिता भएको थियो । थाक खेलकुद तथा च्याम्पीयन रनिङ्ग सिल्ड प्रतियोगिता नाम दिईएको महोत्सबमा बिगत देखि मुख्य आकर्षण रहदै आएको भलिबल प्रतियोगितामा सहभागि ७ क्लब मध्ये अन्नपुर्ण युवा क्लब कुाजोले जनहित क्लव जोमसोमलाई ३÷० को सोझोसेटमा हराउदै प्रथम भएको छ भने जनहित क्लव जोमसोम द्धितिय हुन सफल भएको छ । प्रथम हुनेलाई २५ हजार नगद रनिङ शिल्ड र प्रमाण पत्र द्धितिय हुनेलाई नगद १५ हजार शिल्ड र प्रमाण-पत्र कार्यक्रमका प्रमुख अतिथि चन्दमोहन गौचन र संघका अध्यक्ष प्रेम तुलाचनले प्रदान गरे । भलिवलमा उत्कृष्ट खेलाडीमा निसान तुलाचन नगद प्रमाण पत्र र ट्रफीले सम्मान गरियो । चारदिन सम्म संचालित महोत्सवमा अनुशासन तर्फ निर्मल स्पोटिङ क्लव लेते उत्कृष्ट मार्च पासमा धौलागिरी युवा क्लव कोवाङ र उत्कृष्ट पोसाक मिलीजुली युवा क्लव मार्फालाई उपलव्ध गराइयो । उत्कृष्ट माहिला नृत्यमा रुविना थकाली पुरुष तर्फ बसन्त छन्त्याल साँस्कृतिक कार्यक्रममा जनहित क्लव जोमसोम प्रथम निर्मल स्पोटिङ युवा क्लव लेत द्धितिय भएका थिए । थकाली गितका उत्कृष्ट रचनाकार नरेन्द्र थकालीलाई पुरस्कृत गरिएको थियो ।स्वर तर्फ मिलीजुली युवा क्लवका फिरज लालचन प्रथम र जनहित क्वलका समीर थकाली द्धितिय भएका थिए महोत्सबमा मुस्ताङ सुन्दरी अथवा मिस मुस्ताङ प्रतियोगितामा ३ जना सहभागी भएका थिए । ज्योति थकाली मुस्ताङ सुन्दरी हुन भइन भने फष्ट रनरअफमा दिविका लालचन र सेकेण्ड अपमा दिलमाया थकाली भएका थिए । महिला आर्चरी तर्फ कास्कीकी दिलकुमारी भुजेल मिना दुरा र रेणु क्रमश प्रथम द्धितिय र तृतिय भएका थिए । ताराखेल तर्फ सिक्स सोल्टीज् क्लव घाँसा प्रथम र निर्मल स्पोंटिङ क्लव द्धितिय भएका थिए । तारा खेलमा सर्वाधिक स्कोर ल्याउन लेतेका राजेन्द्र शेरचन सफल भए । कार्यक्रममा नेपाल आर्चरी संघले मुस्ताङ आर्चरी संघका अध्यक्ष पेमा छिरिङ गुरुङलाई ३५ हजार बराबरको सामग्री उपलव्ध गराएका थिए । स्मरणिय रहोस् थकाली सेवा समिति दक्षिण कोरियाले उक्त आयोजनाको लागि भलिबल २ थान र भलिबल खेलको लागि आबशयक जाली १ थान सहयोग स्वरुप उपलब्ध गराएको थियो ।





Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP