थसेस दक्षिण कोरियाको स्टल सम्बन्धि तयारी हुंदै
21 September 2010
थसेस दक्षिण कोरियाले भोलि २२ तारिखको दिन खोताङ सेवा समाजको सांस्कृतिक कार्यक्रममा स्टल राख्ने सम्झौता भए अनुरुप सिनसङ तेहाक्यो स्थित माया रेष्टुरेण्टमा तयारी गर्नमा थकाली बन्धूहहरु भ्याई नभ्याई खटिरहेका छन । सेलरोटी तर्फ पुर्ण तुलाचन,मिना हिराचन र तारा जुहार्चन लागिपरेका छन भने राम तुलाचनले ओसारपोसारमा सघाई रहेका छन,
त्यस्तै तरकारी र चट्नी तर्फ चित्र सेरचन, क्षेत्र थकाली तिलक गौचन कस्सिएर लागि परेका छन । सम्पूर्ण सामग्रीहरुको जोहोको लागि भक्त सेरचन र भरत तुलाचन डौडधूप गरिरहेका छन । आज सांझ १० बजे सम्म र भोलि बिहान ७-१० सम्ममा सम्पूर्ण तयारी पूरा हुने भएको छ । More photos







