सेलरोटी बिक्रि बितरण २०१० सफलता पुर्वक सम्पन्न

23 September 2010

btulachan Seoul,Korea
हिजो खोटाङ सेवा समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा थसेस दक्षिण कोरियाको सेलरोटी बिक्री बितरण अति उत्साह र सफलता पूर्वक सम्पन्न भएको छ । २१ तारिख बिहानै देखि स्टल सम्बन्धि तयारी र बेचबिखनमा उत्साहित थकाली युवा युवतीहरुको सामूहिक प्रयासले यस कार्यक्रमले पूर्ण सफलता पाएको हो । आबश्यक सामाग्रीहरुको सम्पूर्ण तयारी राजधानी सउल स्थित मायां रेष्टुरेण्ट मा गरिएको थियो ।  स्टलमा मुख्यगरि सेलरोटी,आलुको तरकारी ,मुलाको अचार ,चिया लगायतका खानेकुराहरु राखिएको थियो ।
कोरियाकै ईतिहांसमा १०० बर्ष पछि यहांको मुख्य चाड छुसकमा परेको अघिल्लो दिनको कार्यक्रममा परेको अबिरल बर्षाले  थसेसको बेचबिखन कार्यक्रममा प्रभाव पार्न सक्ने सम्भावना भने भाग्यवश तर्यो । तीन बर्ष अगाडि गुल्मी परिवारको कार्यक्रममा बेचबिखन गरे पश्चातको यो बेचबिखन कार्यक्रम दोश्रो हो । तीन बर्ष अगाडि गरिएको बेच बिखनबाट आमदानी भएको रकमबाट  कोशी बाढी पिडितलाई सहयोग गरेको थियो भने गत साल थसेस दक्षिण कोरियाले थासाङ सांस्कृतिक कार्यक्रमको आयोजना गरि अदभूत सफलता हांशिल गर्दै आर्जित रकमको आधा  अंश कोरिया स्थित अपाङग प्रवासी नेपालीहरुको संस्था नेपाल अपाङग संघलाई  सहयोग गरेको थियो । बेचबिखनबाट गरिएको यसपालिको आमदानीलाई संस्थाकै मशलन्द र समाजसेवामा खर्च गरिने कुरा अध्यक्ष भक्त सेरचन बताउनु हुन्छ ।
दिनभरको बेचबिखन पश्चात सांझ ९ बजे देखि थसेस कोरियाले भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो । जस्मा ईपिएस लगायतका नयां पूराना गरि करिव ५० जना थकाली बन्धूहरुको उपस्थिति रहेको थियो ।  पूजा  रेष्टुरेण्टमा सम्पन्न गरिएको उक्त भेटघाट तथा परिचयात्मक कार्यक्रममा थसेस कोषाध्यक्ष मिना हिराचनले बेचबिखनबाट भएको आमदानी र खर्च बिबरणको जानाकारी दिनु भएको थियो ।  सचिव भरत तुलाचन द्वारा संचालित उक्त कार्यक्रममा   उपाध्यक्ष क्षेत्र थकालीले सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP