थसेस समर भ्रमण कार्यक्रम सफलताका साथ सम्पन्न

09 August 2010

btulachan,seoul korea
थकाली सेवा समिति दक्षिण कोरियाले ३ बर्ष पश्चात आयोजना गरेको एक दिने  समुन्द्री भ्रमण कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ। बिगतमा कोरियाको महान पर्व छुसकमा बनभोज  सहितको भ्रमण कार्यक्रमको आयोजना गरि लगातार २ बर्ष मनोरन्जन गरेका थकालीहरु यसपालि भने लामो गर्मी बिदाको अबसर पारि ईन्छन शहरमा पर्ने समुन्द्री तट्मा गएर भरपूर मनोरन्जन गरे ।  More...
राजधानी सउलको तोङदेमुन स्थित छाङसिङ डोङ बाट ८ तारिख आईतबार  बिहान ८:३० मा छुटको भ्रमण टोलिको बस बिहान ९:३०मा  छन्जेङ किन्यम ख्वानमा (सन १९५०-५३ दुई कोरियाली युद्दको सम्झनामा बनाईएको म्युजियम) पुगि १२:३० सम्म अबलोकन भ्रमण गराईएको थियो । जहां कोरियाली युद्द ताका प्रयोग गरिएका सामग्रीहरु र योद्दाहरुको सजावतले कोरियाली ईतिहांसको एउटा पाटो अबलोकन गर्ने अबसर मिलेको थियो । दिउंसो १ बजे उक्त स्थानबाट ईन्छन शहर स्थित समुन्द्री तट्मा सांझ ७ बजे सम्म बिताईएको थियो । कोरियाको समुन्द्रमा हालसालै बनेको संसारकै दोश्रो लामो पुल हुंदै सांझ ९ बजे पुन: तोङदेमुन आई थसेस समर भ्रमण कार्यक्रम २०१० को अन्त गरिएको थियो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP