लखन थापा स्मृति कप पनि बाग्लुङकै पोल्टामा

02 August 2010

नेपाल मगर संघ दक्षिण कोरियाले हिजो अगष्ट १ तारिख आईतबार आयोजना गरेको लखन थापा स्मृति कप भलिबल प्रतियोगितामा म्याग्दी कप बिजेता टीम बग्लुङ टीमले पुन: बिजय हांशिल गरेको छ । आयोजनामा बाग्लुङले म्याग्दी,गुल्मी र पर्वत प्रबासीलाई पछि पार्दै लखन थापा स्मृति कप हात पारेको हो । बाग्लुङले म्याग्दी संगको पहिलो खेलमा कठोर संघर्ष पछि पाहिलो बिजय हांशिल गरे पश्चात लखन थापा स्मृति कप बिजयीलाई अति नजिक बनाएको थियो । गुल्मी संगको  खेलमा पनि कडै प्रतिस्प्रर्धा गर्नु परेको थियो । राती अबेर सम्म सम्पन्न भएको पर्तियोगिताको फाइनल खेल पर्वत प्रबासी समाजलाई समेत पछि पार्दै २ महिना भित्रमा दोश्रो बिजयी बन्न पुगेको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP