नेपाल प्रहरीले लोक गायक राजु परियारलाई पक्रयो

23 July 2010

btulachan, Seoul korea
गत साल कोरियाको महान् पर्व छुसकमा थसेस कोरियाले नेपाली लोक गायक राजु परियार सहित अन्य पांच जना कलाकारहरुका साथ थासाङ सांस्कृतिक सौगात २००९ कोरियाली ईतिहांसमै भब्यताका साथ सम्पन् गर्यो ।  थासाङ सांस्कृतिक सौगातमा सहभागि भएका लोकगीतका धनी गायक राजु पारियारलाई आज नेपाली मिडियाहरुले पक्राउमा परेको खबर छ्याप् छ्याप्टी प्रकाशित गरेका छन । जस मध्य नागरिक न्युजले लेखेको खबर यस्तो छ -
मदिरा सेवन गरी पसल तोडफोड गरेको अभियोगमा लोक गायक राजु परियार पक्राउ परेका छन्। बिहीबार बेलुका नयाँ बसपार्कमा रहेको पसल तोडफोड गरेको तथा पक्राउ गर्न गएका प्रहरीमाथि हातपात गरी भ्यान तोडफोड गरेको अभियोगमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले उनलाई पक्राउ गरेको हो। परियार सहित तीन महिलालाई समेत प्रहरीले पक्रेको छ। युवतीको विषयमा विवाद हुँदा गायक परियारले पसल तोडफोड गरेका थिए। तोफोड गरिएको पसल परियारकी प्रेमिकाकी साथीको हो। प्रहरीका अनुसार पसलतोडफोड गर्न थालेपछि स्थानयीबासी भेला भएर परियारलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि परियार पक्राउ गर्न खटिएको सोह्रखुट्टे प्रभागका प्रहरीलाई उल्टै कुटपिट गरी प्रहरीभ्यान तोडफोड गरेपछि प्रहरीले थप बल लगाएर उनलाई पक्राउ गरेको थियो । गायक परियार र तीन महिला महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
परियारका छिन छिन चुराले, कहिले भनेर, भन्नै गाह्रो भो गीत लोकप्रिय छन्।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP