बुद्द जयन्ति कार्यक्रमको र्रयालीमा थसेसको तर्फबाट उत्कृष्ट सहभागिता

18 May 2010

भरत तुलाचन,कोरिया
भगवान गौतम बुद्दको जन्मोत्सवमा कोरियाली बौद्द धर्मालम्बीहरु द्दारा आयोजना गरेको बिशाल रयालीमा समाबेश नेपाली टोलिमा थसेस दक्षिण कोरियाको उत्कृष्ट सहभागिता रहेको छ । हिजो आईतबार सम्पन्न उक्त रयाली दोङकुक युनिभर्सिटीबाट सांझ ७ बजे देखि शुरु भई राजधानी सउलको मुटु मानिने तोङदेमुन शहर हुंदै करिव ३ घण्ट भन्दा बढिको  पैदल यात्रा पछि  १० बजे छोगे गुम्बामा गएर टुंगिएको थियो । रोमान्चित झांकीहरुका साथ लाखौ कोरियाली बौद्द धर्मालम्बीहरु सहभागि रहेको उक्त रयालीमा नेपाली समूहले स्वयम्भू चैत्यको स्टुपा सहित भगवान गौतम बुद्द र बुद्द नेपाल लेखिएको झिलिमिली रथ द्वारा शोभा बढाईएको थियो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP