बाग्लुङले जित्यो म्याग्दी कप २०१०

07 June 2010


म्याग्दी समाज समिति दक्षिण कोरियाले बिगत बर्षहरुमा झै यस बर्ष पनि प्रतिस्प्रर्धात्मक भलिबल खेल -म्याग्दी रनिङ कप २०१० राजधानी सउलको नजिक उईजङबु स्थित सिन होङ युनिभर्सिटीको हलमा ११ टीम बिचको प्रतिस्प्रर्धाको साथ सम्पन्न भएको छ ।
पहिलो चरणको खेलमा स्याङजा परिवार बी ले लभ ईन नेपाललाई, गुल्मी सम्पर्क समितिले नेपाल चौतारी समाजलाई, नेपाल मगर संघले पर्वत प्रवासी समाजलाई,स्याङजा परिवार ए ले नेपाल गोरखा परिवारलाई र बाग्लुङ परिवारले रुपन्देही सम्पर्क समितिलाई पछि पार्दै दोश्रो चरणमा प्रबेश गरेका थिए। दोश्रो चरणको खेलमा म्याग्दी समाजले स्याङजा परिवार ए लाई नेपाल मगर संघले स्याङजा बी लाई पराजित गर्दै सेमिफाईनल खेलमा प्रबेश गरेकोमा म्याग्दीले गुल्मीलाई र बाग्लुङले नेपाल मगर संघलाई पछि पार्दै फाईनलमा म्याग्दी र बाग्लुङ बिच प्रतिस्प्रर्धा भएको थियो । म्याग्दी समाजलाई समेत पराजित गर्दै यसपालिको म्याग्दी कप बाग्लुङ सम्पर्क समितिले चुमेको थियो । स्मरणिय रहोस कि गत सालको आयोजनामा पर्वत प्रवासी समाजको हातमा परेको म्याग्दी कप त्यस अगाडी एन सिसीको पोलटामा परेको थियो । म्याग्दी कपलाई पूर्ण बिजयी बनाउन लगातार दुई बर्ष बिजयी हुनु पर्ने प्राब्धान रहेको छ ।
त्यस्तै, म्याग्दी रनिङ कपमा बाग्लुङ टीमबाट सहभागि तिलक भण्डारी मगर (११ नम्बर जर्सी) लाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोटको लागि नेपाली जनजाति महासंघका अध्यक्ष चङ कुमार गुरुङको संयोजकत्वमा ३ जनाको छनोट समिति निर्माण गरिएको थियो । ३ जनाको छनोट समितिले बाग्लुङ टीमबाट सहभागि तिलक भण्डारी मगर (११ नम्बर जर्सी) लाई उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।
आजै खोलिएको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवाल ( ००१६०४ ) लाई परेको छ भने दोश्रो पुरस्कार सनम पुन (०००३८० ) र तेश्रो पुरस्कार रोजिना तामाङ (००१८७५ ) लाई । सान्त्वना तर्फ अनिल केशी (००११८४) , जन कल्याण माबि (००१८६८) र हरी बानियां (०००७८१ ) लाई परेको छ । हाल सम्म पनि चिट्ठा पुरस्कार प्राप्त नगर्नु हुने पुरस्कृत महानुभावहरुले आफू संग भएको अर्ध कट्टीका साथ समितिमा यथासिघ्र सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।
बिगत बर्षहरुमा भन्दा अझ बढि उपस्थित दर्शकहरुको बिच कार्यक्रमले दर्शकहरुलाई गत सालहरु भन्दा थप रौनकता दिन सफल भएको अदकल काटिएको छ । कार्यक्रममा बाग्लुङका स्थानिय गायक दुर्गा पौदयालको गीत र म्याग्दी दानाकी प्रवासी चेली शान्ती गर्बुजा पुनको गैरी खेटको..... भन्ने बोलको गीतमा गरिएको नृत्यले दर्शकलाई नचाउनु नचायो । तन,मन लगाएर खटिएका म्याग्देली आयोजकहरुले खासै कुनै कुरामा कमि हुन नदिन जोडडार खटिरहेका देखिन्थे । यसपालिको कार्यक्रममा सेलरोटीको बदला म:म पकाएर बेचबिखनमा ब्यस्त थिए म्याग्देलीहरु । आगामी बर्षको आयोजनामा पुन: भेट हुने गरि रातको ९:३० बजे म्याग्दी रनिङ कप २०१० लाई अन्त गरिएता पनि हलको सरसफाईले रातको साढे दश बजाईदियो म्याग्देलीहरुलाई

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP