थसेस कोरिया द्दवारा सुश्री बिनिता गौचनलाई आर्थिक सहयोग

24 March 2010

थकाली सेवा समिति दक्षिण कोरियाले कोरियामा कार्यरत सुश्री बिनिता गौचनलाई आर्थिक सहयोग गरेको छ । करिब एक बर्ष अगाडि ठूलो रकम खर्च गरि कोरिया आई कार्यरत रहेकी सुश्री बिनिता गौचनको केहि महिना अगाडी पेटको अप्रेशन गरिएकोले पर्न गएको आर्थिक भारलाई कम गर्न थसेस कोरिया द्दवारा आर्थिक सहयोग स्वरुप ४२५,००० (चार लाख पच्चिस हजार ओन ) सहयोग गरिएको हो ।
अस्ति आईतबार थसेस साधारण भेलामा उपस्थित थकाली बन्धूहरु र कार्य समितिले गरेको निर्णय अनुसार थसेस अध्यक्ष भक्त सेरचनले उक्त रकम सुश्री बिनिता गौचनलाई हस्तान्तरण गर्नु भएको थियो । रकम हस्तान्तरण पश्चात अध्यक्ष भक्त सेरचनले थसेस कोरियाको यो सानो सहयोगले बहिनी बिनिता गौचनको आर्थिक भारमा केहि राहत मिल्न सक्ने कुरा बताउनु भएको थियो । साथै उहांले प्रवासमा अकस्मात आईपर्ने यस्ता साना ठूला कठिनाईहरुको सामना गर्नको लागि हामी सबै एकजूट हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।   

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP