थासाङ सांस्कृतिक सौगातको सम्पूर्ण तयारी पूरा

09 August 2009

आगामी छुसक पर्वमा थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गर्न गई रहेको थासाङ सांस्कृतिक सौगात २००९ कोलागि सम्पूर्ण तयारी पूरा भएको छ । आगामी अक्टुबर ३ तारिख शनिबारको दिन राजधानी सउल स्थित दोङगुक तेहाक्योकोको हलमा हुने उक्त कार्यक्रमको लागि नेपालका चर्चित कलाकारहरुमा क्रमश: रिमिक्स गायिका अन्जु पन्त,लोक पप गायक राम चन्द्र काफ्ले,हांस्य कलाकार जीतु नेपाल, लोक दोहोरी गायिका शीला आले, लोक दोहोरी गायक राजु परियार तथा नृत्यकार सम्झना बुढाथोकी गरि छ जना कलाकारहरु आउनु हुने भएको छ । कोरियामा आई अपांग बन्न पुगेका प्रवासी नेपालीहरुको सहयोगार्थ आयोजना गर्न गईरहेको यस कार्यक्रमलाई सफल पार्नको लागि कोरियामा रहेका संघ संस्था लगायत प्रवासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
सम्पर्क :
भक्त सेरचन- ०१० २४८८ ९५७६
भरत तुलाचन-०१० २३९९ ८४१०
बिनोद थकाली-०१० ३१४० ४४२२
दिनेश हिराचन- ०११ ९७४१ ७६१३

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP