हिजो सुवनको एक क्म्पनीमा दर्जनौ प्रवासी धरपकडमा

09 July 2009

राजधानी सउल नजिक रहेको सुवानको ह्वासङ स्थित एक आल्मुनियम डाई कास्टिङ कम्पनीमा कार्यरत दर्जनौं प्रवासीहरु सहित थसेस दक्षिण कोरियाका तीन जना सक्रिय सदस्यहरु अध्यागमन बिभागका कर्मचारीहरुबाट धरपकडमा परेको खबर छ । हिंजो सांझ करिव ८:३० तिर काम सकेर आ-आफ्नो निवास तर्फ फर्कने क्रममा कम्पनी कै स्टाफ गाडी चढेको केहि मिनेटमै अध्यागमन बिभागका कर्मचारीहरुको जत्थाले घेरा हाली पक्राउ गरेको थियो । अध्यागमन बिभागको नियन्त्रणमा परेको केहि मिनेटमै बिभागको गाडीबाटै थसेस सक्रिय सदस्यले अध्यक्ष भक्त सेरचनलाई फोन मार्फत जानाकारी गराउनु भएको थियो । कसैको सहायताबाट अध्यागमनले उक्त कम्पनीमा छापा हान्ने योजना बनाएको हुन सक्ने आशंका गरिएको उक्त अमानविय गिरफ्तारी ,डे-नाईटको लागि कामदारहरुको फेरबदल हुने समय पारेर गरिएको थियो । स्मरणिय रहोस, यसै बर्ष मात्रै सात जना थकाली बन्धूहरु धरपकडमा परि स्वदेश फिर्ता भईसक्नु भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP