म्याग्दी समाज समिति दक्षिण कोरियाले सलनालमा साधारण सभाको आयोजना गर्ने ।
13 January 2009
भरत तुलाचन, सउल कोरिया ।
कोरियाको दोश्रो महान् पर्व सलनालको पहिलो दिन जनवरी २५ तारिख म्याग्दी समाज समिति दक्षिण कोरिया सातौं कार्य समितिको प्रथम साधारण सभाको आयोजना हुने भएको छ । सउल तोङ्देमुन स्थित नमस्ते रेष्टुरेण्टकोसभाकक्षमा दिनको ५ बजेबाट शुरु हुने साधारण सभामा कार्य समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुको साथै भाविकार्य योजना सम्बन्धि बृहत छलफल गरिने कुरा समाजका अध्यक्ष नर बहादुर पुनले आज जानाकारी दिनु भएको छ । साथै उक्त दिन कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।






