जनवरी २६ तारिख थसेस दक्षिण कोरियाको बृहत भेला हुने

04 January 2009

भरत तुलाचन, सउल कोरिया ।
कोरियाको महान् पर्व सलनालको सुखद अवसर पारेर थकाली सेवा समिति दक्षिण कोरियाले कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरुको उपस्थिति बनाई बृहत भेलाको आयोजना गर्ने भएको छ । जनवरी २६ तारिख सांझ ६ बजे देखि सुरु हुने बृहत भेला मुख्यत: आगामी एक बर्ष भित्र नेपालबाट कलाकारहरु ल्याई कोरियाली भूमिमा सम्भवत पहिलो पटक थसेस दक्षिण कोरियाले सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरि तय भएको प्रस्तावलाई पारित गराउन आयोजना गर्न लागिएको कुरा थसेस अध्यक्ष भक्त सेरचन ज्युले आज बताउनु भएको छ । साथै आगामी दिनमा कोरियामा रहेका मार्फाली थकाली तथा तीन गाउले थकाली ( थाक ठिमी,थाक स्याङ, थाक चिमाङ ) बन्धूहरु संग समेत ऐक्यबद्दता जनाउदै अगाडि बढ्नको लागि बिशेष प्रस्तावहरु पारित गर्न सकिने जानाकारी समेत अध्यक्ष श्री सेरचनले दिनु भएको छ । साथै बृहत भेलाको लागि उपर्युक्त स्थानको लागि थसेस पदाधिकारीहरु संगको छलफल पछि निश्चित हुने बताईएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP