म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा बिदाई कार्यक्रम सम्पन्न
05 August 2007
सउल अगष्ट ४ शनिवार । म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा राजधानी सउल स्थित नमस्ते रेष्टुरेण्टमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी समाज खेलकूद सचिव श्री मनी पुर्जा ज्यु कोरियाली भूमिको लामो बसाई पश्चात स्वदेश फर्कने क्रममा म्याग्दी समाजको तर्फबाट बिदाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बिभिन्न वक्ताहरुले बोल्दै आफ्नो जन्म भूमि, घर परिवार ईष्टमित्र र साथी भाईहरुलाई भेट्ने अवसर मिल्नु खुशीको कुरा भएको र प्रवासमा रहंदा भएका राम्रा नराम्रा र दु:ख सुखहरुलाई केलाएर नराम्रा कुराहरुलाई प्रवासमै बिर्सन र राम्रा कुराहरु मात्रै साथै लिएर जान सुझाब दिनु भएको थियो । करिब ४० जना म्याग्देलीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त बिदाई कार्यक्रममा उपस्थित सबै जनाले श्री मनी पुर्जा ज्युको सफल यात्राको लागि कामना गरेका थिए । समाजका अधक्ष्य श्री बिरु रोका ज्युको अध्यक्षता र सचिव श्री राम कृष्ण पुन ज्युको संचालनमा सम्पन्न बिदाई कार्यक्रमको अन्तमा अध्यक्ष श्री बिरु रोका ज्युबाट श्री मनी पुर्जा ज्युको सफल यात्राको लागि कामना गर्दै समाजको तर्फबाट उपहार प्रदान गर्नु भएको थियो । उहाँले आगामी दिनहरुमा समेट स्वदेशबाटै भएपनि समाजलाई आवश्यक सहयोगहरु प्राप्त गरि रहने आशा ब्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल मगर संघ तथा थकाली सेवा समिति लगाएतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।






