दक्षिण कोरियामा राजतन्त्रवारे नमुना जनमत संग्रह हुने
05 August 2007
नेपालको राजनिति राजावादी र गणतन्त्रवादीमा ध्रुवीकरण भइरहेकावेला दक्षिण कोरियामा वसोवास गरिरहेका प्रवासी नेपाली हरुले लोकतान्त्रीक गणतन्त्र र संवैधानीक राजतन्त्र विच नमुना जनमत संग्रह गर्नेभएका छन् ।
नेपाली प्रगतिशिल मोर्चा दक्षिण कोरियाको आयोजनामा आगामी अगष्ट २६ तारिक - भदौ ९) सो कार्यक्रम आयोजना हुन लागेको प्रगतिशिल मोर्चाका संयोजक सुमन राइले जानकारी दिनुभएको छ । कार्यक्रम सिउलस्थीत प्रवासी मजदुर गृहमा आयोजना हुनेछ ।
आसन्न संविधान सभाको चुनावमा प्रवासी नेपालीले मताधिकार प्रयोग गर्न नपाएकोवेला आफ्नो मत जाहेर गर्ने उद्देश्यले नमुना जनमत संग्रह आयोजना गर्न लागिएको वताइएको छ ।
जनमत संग्रहवाट प्राप्त नतिजा नेपाली दुतावास मार्फत नेपाल सरकारलाई पठाइने संयोजक राइले जानकरी दिनुभएको छ । संविधानसभाको सम्मुखमै हुन लागेको नमुना जनमतले नेपाली राजनितिक दललाई प्रवासी नेपालीहरुको मत वुझ्न सजिलो हुने वताइएको छ । स्रोट: नेपाल कोरिया न्युज