प्रशान्त तामाङ इण्डियन आइडलको होडमा
12 August 2007
दार्जिलिङका नेपाली प्रशान्त तामाङ यतिबेला इण्डियन आइडलको होडमा सहभागी छन्। यतिबेला दार्जिलिङबासी नेपाली गायक तामाङलाई इण्डियन आइडलमा विजयी बनाउंन मोर्चा नै कसेका छन्। भारतीय पुलिस फोर्स पनि आफ्ना जवान तामाङलाई जिताउंन कम्मर कसेका छन्। तामाङका बुबा भारतीय पुलिसमा कार्यरत रहंदा मृत्यु भएपछि आफ्ना स्वर्गिय बुबाको ठाउंमा उनी भारतीय पुलिसमा प्रवेश गरेका हुन्। उनी कलकत्ता पुलिस फोर्समा सिपाईका रुपमा कार्यरत छन्। गायनको कुनै औपचारिक प्रशिक्षण नलिएका तामाङ इन्डियन आइडल प्रतियोगिताको छनोटपछि उनी रातोरात चर्चामा आएका हुन्।
Indian Idol का भिडीयो क्लिपहरु हेर्न माथिको भिडियो क्लिपमा क्लिक गर्नुहोस्। साथै २४ वर्षिय प्रशान्त तामाङ का भिडीयो क्लिपहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।