नेपाली चलचित्र नोभेम्बर रेइन 2 हप्ता पछि सर्यो, अक्टुबर 12 तारिखको लागि अर्को मिति तय

14 November 2014

थकाली सेवा समाज दक्षिण कोरियाले सेप्टेम्बर 28 तारिखको दिन अर्थात यसै हप्ताको आईतबार नेपाली चलचित्र नोभेम्बर रेइन प्रर्दशन गर्न को लागि ब्यापक प्रचार प्रसार र बिशेष तयारी गर्दै आएको भएता पनि उक्त दिन ईन्छन स्थित एशियन खेलकूदमा सम्पन्न हुने नेपाली टीमको क्रिकेट खेल संग जुध्न पुगेकोले नेपाली क्रिकेटका गौरवान्वित खेलाडीहरुलाई थप हौशला बढाउनु पर्ने निर्क्योल निकाल्दै नोभेम्बर रेइन चलचित्र प्रर्दशन कार्यक्रमलाई 2 हप्ता पछाडी अर्थात अक्टुबर 12 तारिख साबिककै झोगेसा गुम्बाको सांस्कृतिक हलमा नै प्रर्दशन गर्ने गरि मिति सारिएको छ. गत आईतबार बसेको थकाली सेवा समाज दक्षिण कोरिया सातौ कार्य समितिको पहिलो बैठकले नोभेम्बर रेईन प्रर्दशन कार्यक्रमलाई 2 हप्ता पछि सार्ने निर्णय गरेको हो. साथै दिउंसो तीन बजेको समयमा समेत हेरफेर गर्दै दिनको ठीक साढे बाह्र बजे देखि साढे दुई बजे सम्म चलचित्र प्रर्दशन गरिने भएको छ. 
नेपालमा सर्वाधिक हिट चलचित्र नोभेम्बर रेइनलाई सफल पारिदिनु हुन संघ संस्था, बुद्दिजिवी, ब्यापारी, बिधार्थी तथा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ.

नेपालमा सर्वाधिक हिट चलचित्र नोभेम्बर रेइनलाई सफल पारिदिनु हुन संघ संस्था, बुद्दिजिवी, ब्यापारी, बिधार्थी तथा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ.

स्थानः झोगेसा गुम्बा 
मितिः अक्टुबर 2014 12 
समयः 12 ः 30 बजे.

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP